जगत्प्रसाद रेग्मी, काठमाडौँ ।
अखिल (छैठौं) काठमाडौँको बाइसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष विमल पोखरेलको प्रमुख आतिथ्यतामा २०७८ असोज १६ गते त्रिचन्द्र क्यापसमा सो सम्मेलन सम्पन्न भएको हो ।
सो अवसरमा अध्यक्ष विमल पोखरेलले विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
सम्मेलनमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष ऋतु केसी, नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंह र राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, जातीय समता समाजका महासचिव भक्तबहादुर विक, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सचिव चूडामणि भुसाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य प्रतिभा आचार्य, केन्द्रीय सदस्य पुरन पोख्रेल, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, अखिल नेपाल प्रगतिशील पत्रकार सङ्घ काठमाडौँका जिल्लाध्यक्ष रोशन दानी र रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक माया पुनको आतिथ्यता रहेको थियो ।
सम्मेलनले सूर्य पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुमन पौडेल, सचिव धु्रव बस्याल, सहसचिवमा अस्मी खनाल र कोषाध्यक्षमा नारायण चालिसे रहनुभएको छ ।
त्यस्तै, सदस्यमा नवीन विक, राजेश केसी, राहुल जिसी, शान्ति खनाल, पूजा बेलबासे, प्रेरणा थापा, अङ्कित पौडेल, सौरभ खड्का, अरुणिता पुरी र बिपना भण्डारी रहनुभएको छ ।
सम्मेलन धु्रव बस्यालको अध्यक्षता, सूर्य पौडेलको सञ्चालन तथा विवेक जिसीको स्वागत मन्तव्य रहेको थियो ।
