खिमराज चालिसे
कस्तो निर्लज्ज जन्मियौ तिमी, नाटक नि कति गर्छौ।
भएको छोरा मारेर अर्को जन्माउने कुरा गर्छौ।।
वार्तादेखि त डराउँछौ, कायर बनेर रहन्छौ।
दिनलाई रात भनि सपनाका तारा गनि रहन्छौ।।
बाहिर रामराम बगलीका छुरा रहेछ तिम्रो।
क्रान्तिकारी पर्दाभित्र घात गर्ने खेल भयो तिम्रो।।
तिमीले सधैँ पिठ पछाडी छुरा हानेकै ले साथी।
हामी कमजोर भएको रहेछौं बुझ्दैछु म साथी।।
झुट फरेव र बेईमानी पो रहेछौ तिमी साथी।
दिनलाई पनि रात हो भन्दै पो भ्रम छर्यौ साथी।
आफैँ मपाई र सर्वेसर्वा बन्न खोज्ने साथी तिमी।
क्रान्ती कमजोर पार्दै प्रतिक्रान्तीमा लम्कन्छौ तिमी ।।
न लाज न शर्म छ तिमीलाई, अझ स्वाङ गर्छौ।
बैरीलाइ काख च्यापेर मित्रको सधैँ घात गर्छौ।।
घरको गोप्यता नि फेसबुकमा छताछुल्ल पार्छौ।
आफू स्वघोसित नेता भन्दै जनतामा भ्रम पार्छौ।।
तिमीले त यो घर भत्काइ छाड्ने निश्चय गर्यौ।
अर्काको मानो खाएर संस्थाको सम्पती कब्जा गर्यौ।।
गफ हाँक्छौ आफैँ अव्वल क्रान्तिकारी हुँ म त भन्छौ।
बहुमतको निर्णय मान्दैनौ हामी पनि भन्छौ।।
विधी विधान नेतृत्व स्वीकार छैन हाम्लाई भन्छौ।
जहाँ जे मन लाग्यो बोल्छौ छाडा साँढे जस्तै बन्छौ।।