सन्धिखर्क । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–५ सल्यार निवासी समाजसेवी दिनेश केसी, गोविन्द केसी र विजय केसीका ममतामयी आमाको ८६ वर्षको उमेरमा गत भदौ ३१ गते निधन भएकाले २०७८ असोज १२ गतेका दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
जेठा छोरा दिनेश केसको अध्यक्षतामा अघि बढेको शोकसभामा माइला छोरा गोविन्द केसीले भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले आमा तमसरा कुँवरप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकमग्न परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।
शोकशभामा नेपाल एनिमल साइन्स एसोसियसनका लुम्बिनी प्रदेश संयोजक तुल्सीराम भण्डारी, वामपन्थी व्यक्तित्वहरू गिरिराज आचार्य, खुमानन्द भुसाल, समाजसेवी चिन्तामणि भुसाललगायतले शोकमन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा उपस्थित सबैले मृतकप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।