नेपालको भूभाग लुछिँदा मौन छ सरकार
सन्तान मारिँदा र कुटिँदा मौन छ सरकार
Advertisement
गुहार मागी रहेछन् काला पानीका नेपाली
आफ्नै भूमीको माटो छुटिँदा मौन छ सरकार
न सके विकास गर्न न सिमानाको रक्षा गर्न
देश भित्रको नक्सा फुटिँदा मौन छ सरकार
भाषा र भाषणमा नेपाल आमा नै बोली रहे
तर नेपाली मन टूटिँदा मौन छ सरकार
बरु मर्न मार्न तैयार छौं बीर सपूत हामी
गौरव लिपुलेक लुटिँदा मौन छ सरकार
नवीन बस्याल प्यूठान
(हाल जापान)