धनगढी । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन गरिएको छ । बुधबार धनगढीमा बसेको प्रदेश समितिको बैठकले समिति पुनर्गठन गरेको हो ।
समितिका केही पदाधिकारी फुटपरस्त गतिविधिमा संलग्न भएको पाइपछि राजमोले उनीहरुलाई साधारण सदस्यसमेतबाट निष्काशित गरिसकेको छ । उनीहरुलाई हटाएर रिक्त स्थानमा पदपुर्ती गरी समिति पुनर्गठन गरिएको अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभएको छ ।
नन्दराज भट्टको अध्यक्षतामा रहेको समितिको उपाध्यक्षमा वेणिमाधब जोशी, सचिव राजाराम चौधरी, कोषाध्यक्षमा मन्जु परियार र सहसचिवमा शेर बहादुर विक रहनुभएको छ । रिक्त सदस्यमा मान बहादुर खड्का, डबल बोगटी, जगत प्रसाद जोशी, रमा नेपाली र अहिमान थापालाई पदपुर्ति गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।
यस्तै, राजमो सुदूरपश्चिम प्रदेश समितिले यही असोज २० गते धनगढीमा हुने विरोध सभाको तयारी थालेको छ । ‘गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं । संघीयता खारेज गरौं’ भन्ने नाराका सो दिन राजमोले सातवटै प्रदेशमा विरोध सभाको आयोजना गर्दैछ ।
धनगढीमा हुने विरोध सभामा अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ । धनगढी चौराहबाट जुलुससहित पार्क मोडमा पुगेर सभामा परिणत हुने प्रदेश अध्यक्ष भट्टले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।