• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रलेसको सत्तरिऔँ स्थापना दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको सत्तरिऔँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७८ अर्पण समारोह आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थको परिचर्चा तथा पुस्तक लोकार्पण कार्यक्रमसँगै सम्पन्न भएको छ ।

    Advertisement

    वरिष्ठ प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा २०७८ असोज ५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले कसैले आफूलाई प्रगतिशील घोषणा गरेर प्रगतिशील नहुने, बरु काम गरेपछि मात्र प्रगतिशील हुने बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले कुनै पनि वस्तु वा परिघटनालाई गहिरिएर हेर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘नहेरेर केही पनि देखिँदैन’ उहाँले भन्नुभयो– ‘राम्ररी हेरेपछि मात्र वस्तु वा परिघटनाको वास्तविक रूप देख्न सकिन्छ ।’

    उहाँले बालसाहित्यमा प्रगतिशील तत्त्व घुसाउनमा जोड दिनुपर्ने बताउनुभयो ।

    सो क्रममा उहाँले बालसाहित्य आमाबाट सिक्नुपर्ने पनि बताउनुभयो ।

    ‘बच्चाहरूले खाना खाएपछि भोक लाग्यो भन्छन् भने उनीहरू खानापछि थप चिज खुवाउनुपर्छ भन्ने बुझ्नुपर्छ’ साहित्यकार मानन्धरले भन्नुभयो– ‘जसरी आमाले बच्चाको भावना बुझ्छन्, त्यसरी नै प्रगतिशील साहित्यकारले बच्चाको भावना बुझ्नुपर्छ ।’

    कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले नेपालका वामपन्थी पार्टीहरू नै चिरा चिरा भएको अवस्थामा प्रलेसले केही गरेन भनेर आलोचना गर्नुको अर्थ नभएको बताउनुभयो ।

    नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले प्रगतिशील लेखक सङ्घले प्रगतिशील कलाकारहरूलाई छुटाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

    प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रलेस प्रतिभा पुरस्कार–२०७८ पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेललाई प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि मानन्धरले दोसल्ला र दश हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रममा “त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ”, प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको कविताकृति “झुल्के घाम” र प्रलेस १ नं. प्रदेश समितिका सदस्य तिला लेकालीको अर्को कविताकृति “साझा आकाश” लोकार्पण गरिएको थियो ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले उक्त तीनओटै कृतिको सङ्क्षिप्त समीक्षा गर्नुभएको थियो ।

    सो क्रममा उहाँले भन्नुभयो– ‘प्रलेसका पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन हुँदा घाटमा नपुग्ने र अभिनन्दन ग्रन्थमा मोहनविक्रम सिंह, मोहन वैद्यलगायत एकाध जनाले बाहेक रचना नदिएबाट उहाँलाई राजनीतिक दलहरूले मूल्याङ्कन नगरेको देखिन्छ ।’

    कार्यक्रममा स्रष्टा तिला लेकालीले आफ्नो कविताकृतिबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा साहित्यकार शालिकराम तिमिल्सिना, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका खगेन्द्र राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ ले पनि मन्तव्य राख्नुभएको थियो ।

    पुरष्कृत प्रतिभाका बारेमा प्रलेसका उपमहासचिव तथा पुरस्कार चयन समितिका संयोजक आरसी न्यौपानेले पुरष्कृत प्रतिभाबारे मन्तव्य राख्नुभएपछि पुरस्कृत मातृका पोख्रेलले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा प्रलेस काठमाडौँकी कोषाध्यक्ष ऋतु केसीले “आखिर कहिलेसम्म ?” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोपीरमण उपाध्यायले र धन्यवाद मन्तव्य अर्का उपाध्यक्ष सुशीला प्रधानाङ्गले राख्नुभएको थियो ।

    कार्यक्रममा माधव प्रधान नेतृत्वको जनसांस्कृतिक महासङ्घको टोलीले स्वागत गीत र “दुई हात मिलेपछि” शीर्षकको अर्को गीत प्रस्तुत गरेको थियो ।

    कार्यक्रममा पूर्वाद्र्धमा राष्ट्रियगान र ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.