काठमाडौं । अखिल नेपाल जनजाती सम्मेलनले वरिष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङको निधनले नेपालको कम्युनिष्ट आन्दोलनसँगै जातीय मुक्ति आन्दोलनलाई समेत अपूरणीय क्षति भएको बताएको छ ।
Advertisement
जनजाती सम्मेलनका महासचिव अमरध्वज रानाले शोक विज्ञप्ति प्रकाशित गरी गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सम्मेलनका सल्लाहकारसमेत रहेका गुरुङको निधनले नेपालको कम्युनिष्ट आन्दोलन, जातीय मुक्ति र उत्थानका निम्ति गरिने आन्दोलनमा अपूरणीय क्षति भएको सम्मेलनले उल्लेख गरेका छ । १०४ वर्षीय खगुलालको यही असोज ३ गते निधन भएको थियो ।
