सुरेश थापा ##
युगबोध राष्ट्रिय दैनिक पत्रिकामा “मसालमा महाभारत” शीर्षकमा शशिधर भण्डारीको लेख प्रकाशित भएको छ । हुन त उहाँले मसाल र मोहनविक्रम सिंहको विरोधमा न्वारनदेखिको बल लगाउदै कैयौँ लेख लेख्दै आउनुभएको छ; मानौँ, मसाल र मोहनविक्रमको विरोध नै उहाँको एक मात्र काम हो ।
लेखमार्फत उहाँले मसाल विरुद्ध कैयौँ भ्रम सृजना गर्ने प्रयत्न भएको छ । उहाँको लेखले कति जनालाई भ्रम पार्न सक्ला ? त्यो भोलि प्रष्ट हुँदै जाला । तर आजै प्रष्ट भइसकेको सत्य के हो भने त्यो लेखले उहाँमा रहेको कुण्ठा, पूर्वाग्रही विचार, निम्न वैचारिक स्तर र न्यूनतम राजैनीतिक नैतिकताको अभावलाई छरप्रष्ट गरेको छ । यहाँ उहाँले उठाएका केही भ्रमपूर्ण कुराहरूलाई स्पष्ट पार्ने प्रयत्न गरिने छ ।
पार्टीभित्र जनवाद वा स्वतन्त्रता नभएको कुरामा उहाँले जोड दिनुभएको छ । उहाँले “फरक मतप्रतिको असहिष्णु”, “षड्यन्त्रकारी”, “व्यक्तिवादी”, “प्राधिकारवादी”, “तानाशाही लादेको”, “अल्पमतको विचार सुन्नबाट वञ्चित गराएको”, “राणाहरूले जस्तै गुमराह” पारेको आदि आदि आरोप लगाउनुभएको छ । यी सबै आरोपको आधारमा उहाँले पार्टीमा जनवाद नभएको पुष्टि गर्न खोज्नुभएको छ । हुन त पार्टीका लागि यी आरोप कुनै नयाँ नभएर बासी आरोप हुन् । पहिले पहिले पार्टी छोडेर जाने व्यक्तिहरूले पनि यस्तै आरोप लगाउने गर्दथे । आज उनीहरू कुन ठाउँमा छन् ? समयले प्रष्ट पारिसकेको छ । शशिजीको बारेमा पनि समय आफै बोल्ने छ ।
रुसमा मेन्सेभिकहरूले केन्द्रीयतालाई भूदाससँग तुलना गरे र “केन्द्रीयताको विरुद्ध जनवाद” को नारा लगाए । त्यसका विरुद्ध लेनिनले कडा सङ्घर्ष गर्नुभयो । त्यस प्रकारको नारालाई उहाँले (लेनिनले) स्वायत्ततावादको सङ्ज्ञा दिनुभयो ।
जनवाद वा स्वतन्त्रताको कुरा त उहाँले धेरै जोडले उठाउनुहुन्छ तर केन्द्रीयता वा अनुशासनको कुरामा किन मौन बस्नुहुन्छ ? कम्युनिस्ट पार्टीभित्रको जनवाद केन्द्रीयतासहितको जनवाद हो अर्थात् कम्युनिस्ट पार्टीमा अनुशासनमा आधारित जनवादको अभ्यास हुने गर्दछ । बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ । अनुशासनको पालना गरेर नै सही रूपमा जनवादको प्रयोग सम्भव छ । अनुशासनबिनाको जनवादलाई लेनिनले अराजकतावादको सङ्ज्ञा दिनुभएको छ ।
शशिजीले जनवादको कुरा त गर्नु हुन्छ तर जब अनुशासन पालनाको कुरा उठ्छ, उहाँले पार्टीलाई “फरक मतप्रतिको असहिष्णु”, “षड्यन्त्रकारी”, “व्यक्तिवादी”, “प्राधिकारवादी”, “तानाशाही लादेको”, “अल्पमतको विचार सुन्नबाट वञ्चित गराएको”, “राणाहरूले जस्तै गुमराह” पारेको आदि विभिन्न आरोप लगाउन पुग्नुहुन्छ । पार्टीको नीति र अनुशासनप्रति प्रतिबद्ध साथीहरूलाई “एसमेन”, “दलाल”, “चाकरीबाज”, “दास”, “हनुमान” आदि भएको देख्नुहुन्छ । यसैलाई लनिनले अराजकतावाद र स्वायत्ततावादको हदसम्म पुगेको “जनवाद” भनेर बताउनुभएको छ ।
अराजकतावादीहरूले सधै केन्द्रीयता अथवा अनुशासनलाई “तानाशाही”, “निरङ्कुशता”, “भिन्न विचारमाथिको दमन”, “अधिनायकवादी” आदि भनेर विरोध गर्दै आएका छन् ।
रुसमा मेन्सेभिकहरूले केन्द्रीयतालाई भूदाससँग तुलना गरे र “केन्द्रीयताको विरुद्ध जनवाद” को नारा लगाए । त्यसका विरुद्ध लेनिनले कडा सङ्घर्ष गर्नुभयो । त्यस प्रकारको नारालाई उहाँले (लेनिनले) स्वायत्ततावादको सङ्ज्ञा दिनुभयो । ठिक त्यस्तै शशिजीले पार्टी अनुशासनलाई “फरक मतप्रतिको असहिष्णु”, “षड्यन्त्रकारी”, “व्यक्तिवादी”, “प्राधिकारवादी”, “तानाशाही लादेको”, “अल्पमतको विचार सुन्नबाट वञ्चित गराएको”, “राणाहरूले जस्तै गुमराह” पारेको आदि बताएर स्वायत्ततावाद र अराजकतावादको कित्तामा आफूलाई उभ्याउन पुग्नुभएको छ ।
कुरा स्पष्ट छ कि उहाँले दाबी गरेजस्तो उहाँलाई फरकमत वा भिन्न विचारका कारण कारबाही भएको थिएन । पार्टीको सम्पत्ति कब्जा गर्नेजस्तो अपराधसँग सति गएका कारण कारबाही भएको हो । कारबाही भिन्न विचारसँग सम्बन्धित नभएर पार्टीको अनुशासन उल्लङ्घनको विषयसँग सम्बन्धित छ । वास्तवका दुई दुई पटक उहाँमाथि भएको कारबाही उहाँमा रहेको अराजकतावादी चिन्तनको परिणाम थियो ।
लेखमा उहाँले पार्टीले आफूलाई विचारको आधारमा कारबाही गरेको दुखेसो पनि गर्नुभएको छ । उहाँलाई पार्टीले दुई पटक अनुशासनसम्बन्धी कारबाही गरेको सत्य हो । प्रथम पटक उहाँले पार्टी पद्धति विपरीत आफ्नो मतभेद सार्वजनिक गरेको कारणले भएको हो । त्यो आन्तरिक कारबाही थियो । पछिल्लो कारबाही उहाँले लेखमा उल्लेख गरे झैँ हाँक पत्रिकासँग सम्बन्धित छ । हाँक पार्टीको सम्पत्ति हो । प्राविधिक कारणले पार्टीले गाविन्दसिंह थापाको नाममा राखेको थियो । पार्टीले विश्वास गरेर राख्न दिएको सम्पत्तिलाई उहाँले (थापाले) अनधीकृत रूपमा कब्जा गर्नुभयो । त्यो पार्टीप्रति गोविन्दसिंह थापाले गरेको विश्वासघात र गम्भीर अपराध थियो । शशिजीले उक्त अपराधको विरोध गर्नुपर्दथ्यो ।
पार्टीको सम्पत्तिको रक्षा गर्नु सबै सदस्यहरूको समान दायित्व हो । तर उहाँ त्यस प्रकारको अपराधको रक्षाकवच बनेर उभिनुभयो र गोविन्दसिंह थापाले गरेको कार्य सही भएको वकालत गरिरहनुभयो । हाँकको सम्पादक बनेर अपराधको मतियार बन्न पुग्नुभयो । पार्टीको बारम्बार निर्देशन तथा स्पष्टीकरणको बाबजुद पनि उहाँ त्यसबाट अलग हुन चाहनुभएन । अन्तमा उहाँलाई पार्टीले कारबाही गर्नुपर्यो ।
कुरा स्पष्ट छ कि उहाँले दाबी गरेजस्तो उहाँलाई फरकमत वा भिन्न विचारका कारण कारबाही भएको थिएन । पार्टीको सम्पत्ति कब्जा गर्नेजस्तो अपराधसँग सति गएका कारण कारबाही भएको हो । कारबाही भिन्न विचारसँग सम्बन्धित नभएर पार्टीको अनुशासन उल्लङ्घनको विषयसँग सम्बन्धित छ । वास्तवका दुई दुई पटक उहाँमाथि भएको कारबाही उहाँमा रहेको अराजकतावादी चिन्तनको परिणाम थियो ।
उक्त कारबाहीका लागि उहाँ स्वयम् जिम्मेवार हुनुहुन्छ । पार्टीले फरक मत राखेकै कारण कसैलाई कारबाही गरेको छैन र गर्दैन पनि । विचारको कुरा गरेर आफ्नो अपराध र अराजकतावादी सोचाइमाथि पर्दा हाल्ने र भ्रम सृजना गर्ने प्रयत्न मात्र हो ।
महाधिवेशनका बेला आफ्नो असहमति, विरोध वा आलोचना तलसम्म लैजान पाइन्छ तर अन्य बेला आफ्ना मतभेद तलसम्म लैजान वा सार्वजनिक गर्न मिल्दैन । मतभेद हुँदैमा जुनसकै बेला तलसम्म लैजाने कुरा पार्टी पार्टी पद्धतिसँग मेल खाने कुरा होइन । यो पद्धतिलाई शशिजीले पनि सिद्धान्तः अस्वीकार त गर्नुहुन्न तर उहाँमा रहेको अराजकतावादी चिन्तनका कारण व्यवहारमा त्यसको विरोध गर्न पुग्नुभएको छ ।
का. उमेशको प्रस्तावलाई पार्टीले तलसम्म पठाउन अस्वीकार गरेको विषयलाई “तानाशाही लादेको”, “अल्पमतको विचार सुन्नबाट वञ्चित गराएको”, “राणाहरूले जस्तै गुमराह” पारेको आदि भनेर विरोध गर्नुभएको छ । कम्युनिस्ट पार्टीका सदस्य तथा कमिटीहरू जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सञ्चालित हुन्छन् । यसका केही आधारभूत मान्यता छन्; जसअनुसार आफ्नो असहमति, विरोध वा आलोचना सम्बन्धित समिति वा उपल्लो समितिमा राख्न पाइन्छ । तर तल्ला समिति वा सार्वजनिक रूपमा राख्न पाइँदैन । महाधिवेशनका बेला आफ्नो असहमति, विरोध वा आलोचना तलसम्म लैजान पाइन्छ तर अन्य बेला आफ्ना मतभेद तलसम्म लैजान वा सार्वजनिक गर्न मिल्दैन । मतभेद हुँदैमा जुनसकै बेला तलसम्म लैजाने कुरा पार्टी पार्टी पद्धतिसँग मेल खाने कुरा होइन । यो पद्धतिलाई शशिजीले पनि सिद्धान्तः अस्वीकार त गर्नुहुन्न तर उहाँमा रहेको अराजकतावादी चिन्तनका कारण व्यवहारमा त्यसको विरोध गर्न पुग्नुभएको छ ।
रुसमा त्यहाँको कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनसँग नेकपा (मसाल) को आठौँ महाधिवेशनको तुलना गरेर उहाँले सफेद झुट र भ्रमको खेती मात्र गर्नु भएको छैन, न्यूनतम इमान्दारिताको पनि अभाव देखाउनुभएको छ । रुसको बिसौं महाधिवेशनले सशस्त्र सङ्घर्षको नीति परित्याग गरी शान्तिपूर्ण सङ्क्रमणको नीति, वर्गसङ्घर्षको नीति परित्याग गरी शान्तिपूर्ण सहअस्तित्वको नीति अपनाएको थियो । साथै सर्वहारा अधिनायकत्वलगायत माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आधारभूत सिद्धान्तको परित्याग गरेको थियो । यसरी रुसको पार्टीले स्पष्ट रूपमा दक्षिणपन्थी दिशा समातेको थियो । तर नेकपा (मसाल) को आठौँ महाधिवेशनको दस्तावेज अध्ययन गर्ने जो कसैले पनि यो पाउने छ कि महाधिवेशनले वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष, नयाँ जनवाद, समाजवाद, साम्यवाद, सर्वहारा वर्गको अधिनायकत्व, माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त आदि आधारभूत सिद्धान्तलाई स्पष्ट रूपमा आत्मसात गरेको छ । यसरी रुसको बिसौँ महाधिवेशनसँग पार्टीको आठौँ महाधिवेशनको तुलना गर्ने कुरा झुटा, गलत र भ्रम सृजना गर्ने अभिप्रायबाट लेखिएको प्रष्ट हुन्छ ।
उहाँले पार्टीभित्रको मतभेदलाई “संशोधनवाद र माक्र्सवादको बिच चल्दै आएको अन्तरविरोधको परिणाम” बताउनुभएको छ । यसो भनेर पार्टीले दक्षिणपन्थी संशोधनवादी नीति लिएको र आफूहरूले क्रान्तिकारी विचारको प्रतिनिधित्व गरेको दाबी गर्न खोजिएको छ । तर यो लेख वा अन्य लेखमा पनि उहाँको त्यो स्वघोषित क्रान्तिकारी नीति के हो ? त्यो बताउन सक्नुभएको छैन । सायद भोलि मात्र होइन, कहिल्यै पनि उहाँले बताउन सक्नु हुने छैन । यसबाट उहाँ मसाल विरोधी फोबियाको सिकार भएको स्पष्ट हुन्छ ।
सामन्तवादको अन्त भएको निष्कर्षका कारण उहाँका लागि सामन्तवादका विरुद्धको सङ्घर्ष गौण बन्न पुगेको छ । त्यो स्वभाविक पनि हो । त्यस प्रकारको निष्कर्षका कारण गणतन्त्रको रक्षाको प्रश्न उहाँहरूको कार्यनीति बन्न सकेन । परिणामतः ओलीको कदमलाई प्रतिगामी कदम नभनेर असंवैधानिक कदम मात्र बताउन पुग्नुभयो ।
नेपाली समाजको मूल चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक छ । त्यसैले नेपाली क्रान्तिको चरित्र नयाँ जनवादी क्रान्ति हुन जान्छ । त्यसैले महाधिवेशनले नयाँ जनवादी व्यवस्थालाई आफ्नो न्यूनतम कार्यक्रम बताएको छ । नेपालमा सामन्तवादको अन्त्य भइसक्यो र त्यसका विरुद्धको सङ्घर्षको औचित्यता समाप्त भइसक्यो भन्ने निष्कर्षसँग पार्टी सहमत हुन सक्दैन । यो विश्लेषणलाई उहाँले “सत्रसाले विचार” भएको भनेर विरोध गर्नुभएको छ । यसको अर्थ नेपालमा सामन्तवादको अन्त्य भइसकेको निष्कर्षमा उहाँ पुगेको देखिन्छ । यही निष्कर्षको आधारमा विप्लवले समाजवादी क्रान्तिको नारा दिएका छन् । के शशिजी पनि नेपालमा नयाँ जनवादी व्यवस्थाको स्थापनाको औचित्यता समाप्त भइसकेको निष्कर्षमा पुग्नुभएको हो ? के उहाँ पनि विप्लवको झैँ समाजवादको नारामा पुग्नुभएको हो ? उहाँले स्पष्ट पार्नुपर्छ, नत्र विरोधका लागि विरोध मात्र गरेर “महान्” बनिने छैन ।
सामन्तवादको अन्त भएको निष्कर्षका कारण उहाँका लागि सामन्तवादका विरुद्धको सङ्घर्ष गौण बन्न पुगेको छ । त्यो स्वभाविक पनि हो । त्यस प्रकारको निष्कर्षका कारण गणतन्त्रको रक्षाको प्रश्न उहाँहरूको कार्यनीति बन्न सकेन । परिणामतः ओलीको कदमलाई प्रतिगामी कदम नभनेर असंवैधानिक कदम मात्र बताउन पुग्नुभयो । ओलीको प्रतिगामी कदमका विरुद्ध बनेको गठबन्धनको विरोधमा उभिनुभयो । त्यसले प्रतिगमनका विरुद्धको सङ्घर्षलाई कमजोर बनाउने काम ग¥यो । यसरी सामन्तवाद विरुद्धको सङ्घर्षलाई गौण बताएर शशिजीलगायत उहाँका हितैषीहरू जानेर वा नजानेर प्रतिगामी शक्तिलाई सहयोग पर्योई रहनुभएको छ ।
विभिन्न शक्तिहरू गणतन्त्र र धर्म निरपेक्षता समाप्त पारेर राजतन्त्र स्थापना गर्नका लागि योजनाबद्ध तरिकाले लागिरहेको अवस्थामा वर्तमान संविधान र बहुदलीय व्यवस्थाको रक्षाको कार्यनीति नै सही कार्यनीति हुन जान्छ । यो नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित छ ।
पार्टी “संसदीय व्यवस्थाको रक्षार्थ” उभिएको लेखमा आरोप लगाइएको छ । यो आरोप तात्कालिक कार्यनीतिअन्तर्गत पार्टीले गणतन्त्रको रक्षा र चुनावमा भाग लिने नीति लिएको प्रश्नसँग सम्बन्धित छ । विभिन्न शक्तिहरू गणतन्त्र र धर्म निरपेक्षता समाप्त पारेर राजतन्त्र स्थापना गर्नका लागि योजनाबद्ध तरिकाले लागिरहेको अवस्थामा वर्तमान संविधान र बहुदलीय व्यवस्थाको रक्षाको कार्यनीति नै सही कार्यनीति हुन जान्छ । यो नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित छ । लेनिनले भने झैँ ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित छ । त्यस प्रकारको कार्यनीतिलाई उहाँले दक्षिणपन्थी कार्यनीति बताएर विरोध गर्नुभएको छ ।
के उहाँले नयाँ जनवादी गणतन्त्रको नीतिलाई तत्कालको कार्यनीति बनाउन सक्नुहुन्छ ? त्यो पनि बताउन सक्नुहुन्न । त्यसो हो भने सही कार्यनीति के हो त ? यसको जवाफ उहाँसँग छैन अथवा केही पनि होइन । चुनाव उपयोगको नीतिलाई विरोध गर्नु हुन्छ तर बहिष्कारको कुरा पनि गर्न सक्नुहुन्न । न उपयोग, न बहिष्कार—यसको अर्थ उहाँसँग कुनै कार्यनीति छैन । शून्य कार्यनीतिका आधारका कुनै क्रान्तिकारी गतिविधि अगाडि बढाउन सम्भव छैन । अराजकतावादी चिन्तनले उहाँलाई कुहिरोमा हराएको काग झै बनाइदिएको छ । यो नै उहाँको असली “क्रान्तिकारिता” हो ।