• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खगुलाल गुरुङ आशावादी र साहसिक इच्छाशक्तिले भरिएको व्यक्तित्व : मसाल


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले दिवंगत नेता खगुलाल गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले आइतबार शोक वक्तव्य प्रकाशित गरी नेता गुरुङको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

    ‘उहाँको मृत्युबाट हाम्रो पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको छ’ महामन्त्री सिंहले भन्नुभएको छ ।

    साथै मसालले उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एउटा जीवित साक्षी तथा क्रान्तिकारी सिद्धान्त र आदर्शको एउटा प्रतिरुपको रुपमा रहनुभएको थियो भन्दै गुरुङलाई एउटा आशावादी र साहसिक इच्छाशक्तिले भरिएको व्यक्तित्वको रुपमा स्मरण गरेको छ ।

    यस्तो छ वक्तव्य
    का. खगुलाल गुरुङको १०४ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । उहाँको मृत्युबाट हाम्रो पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको छ ।

    का. खगुलाल गुरुङ वि.सं. २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनभएको थियो । उहाँ २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो । त्यसरी उहाँ लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रहँदै आउनुभएको थियो । उहाँ प्यूठानमा नेकपाको संस्थापक सदस्यमध्ये एकजना हुनुहुन्थ्यो । त्यसरी स्थापना गरिएको नेकपाको प्यूठान जिल्ला समितिमा का. मोहनविक्रम सिंह सेक्रेटरी हुनुहुन्थ्यो भने उहाँ उक्त समितिको सदस्य हुनुहुन्थ्यो ।

    प्यूठानमा पार्टीको स्थापना भएपछि उहाँ पार्टी र किसान संघका कैयौँ कार्यक्रममा सामेल हुनु भएको थियो । २०११ सालमा प्यूठानको नारीकोटमा चलेको ऐतिहासिक किसान आन्दोलनको उहाँ एउटा प्रमुख नेता हुनुहुन्थ्यो । प्यूठानको किसान आन्दोलनपछि उहाँसहित किसान आन्दोलनका अभियन्ताहरुमाथि झुट्टा मुद्दा लगाइएको थियो ।

    उक्त किसान आन्दोलनपछि प्यूठानमा प्रशासनको भ्रष्टाचार र दमनका विरुद्ध पुनः आन्दोलन उठेको थियो । उक्त आन्दोलनमा विरोध प्रदर्शन गर्न प्यूठानको सदरमुकाम जाने सिलसिलामा राति बास बसेको अवस्थामा मोहनविक्रम सिंह, रुमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह, नेपाली काँग्रेसका हेमराज पण्डित सहित कामरेड खगुलाल गुरुङ पनि गिरप्तारीमा पर्नु भएको थियो ।

    त्यसरी गिरप्तार भएपछि उहाँहरुलाई करिब १८ महिनासम्म पाल्पा र सल्यान गरी विभिन्न जेलमा चलान गरिएको थियो । जेलबाट रिहाइ भएपछि तत्कालको प्यूठान जिल्लाअन्तर्गतको रोल्पामा उहाँले संगठनात्मक कामलाई अगाडि बढाउनुभएको थियो । २०१५ सालको आम निर्वाचनमा उहाँ उक्त क्षेत्रबाट नेकपाको उम्मेदवार समेत बन्नुभएको थियो ।

    का. गुरुङ एक सामान्य जीवनयापन गर्ने कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँको जीवनको धेरै ठूलो हिस्सा नेपालको कम्युनिस्ट आन्दोलनमा व्यतित भएको छ । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एउटा जीवित साक्षी तथा क्रान्तिकारी सिद्धान्त र आदर्शको एउटा प्रतिरुपको रुपमा रहनुभएको थियो ।

    उहाँको कम्युनिस्ट विचारप्रतिको आस्थामा कहिल्यै पनि विचलन आएन । उहाँ एउटा आशावादी र साहसिक इच्छाशक्तिले भरिएको व्यक्तित्व हुनुहुन्थ्यो । जीवनभरि नै समाजलाई बदल्न र समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र उत्पीडनको अन्त्य गरी सुखी र उन्नत समाज निर्माणका लागि सँधै संघर्षरत रहनु उहाँको सबैभन्दा महत्वपूर्ण र उल्लेखनीय पक्ष हुन् ।

    का. गुरुङले आत्मसंघर्ष गर्दै सिद्धान्त र विचारप्रति निष्ठता कायम राख्नुभएको छ । उहाँले स्वार्थ र प्रतिष्ठाबाट माथि उठेर जीवनको धेरै लामो दूरी हिड्न सफलता हासिल गर्नुभएको छ । उहाँ दृढ निष्ठा र आदर्शले भरिएको एउटा कम्युनिस्ट हुनुहुन्यो । उहाँको जीवनबाट नयाँ पुस्ताले सिक्नुपर्ने थुप्रै विषय रहेका छन् । हामीले उहाँको जीवनबाट शिक्षा लिँदै कम्युनिस्ट आन्दोलनमा दृढतापूर्वक काम गर्न सक्यौँ भने उहाँप्रतिको सच्चा सम्मान र श्रद्धा हुन सक्ने छ ।

    का. गुरुङलाई सँधैको लागि विदा गरिरहँदा हामीले नयाँ पुस्तालाई यो सन्देश दिन चाहन्छौँ कि कम्युनिस्ट आन्दोलन दृढ विचार, अनुशासन र लगनशीलताको लामो र कठिन यात्रा हो । हामी सबैले का. गुरुङले झैँ अविचलित भएर हिड्न सिकौँ र कम्युनिस्ट आन्दोलनलाई योगदान पु¥याऔँ । यही नै का. गुरुङप्रतिको सच्चा सम्मान हुनेछ ।
    अन्तमा हामीले का. गुरुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।
    २०७८ असोज ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.