काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले लामो समयदेखि पार्टीभित्र बसेर छद्म गतिविधि गरिरहेका कतिपय अराजक तत्वहरु अब प्रकट रुपमा आउन थालेको बताएको छ ।
छद्मरुपमा मसाललाई ध्वस्त पार्न खोज्नेहरु आफ्नो काममा सफल नभएपछि वा सफल हुने अवस्था नदेखेपछि प्रकट रुपमै समानान्तर गतिविधि गर्न थालेको मसालको ठहर छ ।
महामन्त्री मोहनविक्रम सिंहले पार्टीबाट निष्काशित कतिपय अनुशासनहीन तत्व तथा पार्टीलाई ध्वस्त पार्न खोज्ने छद्मभेसीहरुले अब विभिन्न प्रदेश र जिल्लामा समानान्तर कमिटी बनाउँदै बेग्लै पार्टी गठनको दिशातर्फ देखिएको बताउनुभएको छ । तर, उनीहरुले कतिपय इमान्दार पार्टी सदस्यहरुलाई समेत भ्रम पारेर आफ्नो समूहमा सामेल गरेको मसालको ठहर छ ।
शुक्रबार महामन्त्री सिंहले प्रेसित गर्नुभएको वक्तव्यमा भ्रमवस फुटपरस्त तत्वहरुसँग सामेल भएका पार्टी सदस्यहरुलाई फिर्ता गर्न पार्टीले एउटा कार्यदलसमेत बनाएको जानकारी दिनुभएको छ ।
महामन्त्री सिंहले पार्टीलाई दक्षिणपन्थी बताउँदै अलग पार्टी बनाएर जानेहरु या त आफै दक्षिणपन्थी संगठनहरुमा सामेल हुने वा कम्युनिष्ट आन्दोलनको परिदृश्यबाटै हराउने गरेको पनि स्मरण गर्नुभएको छ ।
वक्तव्यको पूर्णपाठः