काठमाडौं । अखिल नेपाल जनजाती सम्मेलनले राष्ट्रिय जनगणनामा आदिवासी जनजातीको वास्तविक तथ्यांक नछुटाउन आग्रह गरेको छ ।
सम्मेलनका अध्यक्ष निमबहादुर मगरले शुक्रबार एक वक्तव्य प्रकाशित गरी जनजातीको वास्तविक तथ्यांक प्रस्तुत गर्न माग गर्नुभएको हो ।
जनजाती सम्मेलनले जारी गरेको वक्तव्यमा जनजार्तीहरुले बोल्ने भाषा, सांस्कृतिक पहिचान, जनजातीहरुको वास्तविक तथ्यांकहरु नछुटाउन सम्बन्धित गणकहरुलाई आग्रह गरिएको छ ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तालिका अनुसार राष्ट्रिय जनगणना– २०७८ यही ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । यस्तै, ३० भदौदेखि १८ असोज अर्थात् २० दिनसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुने छ ।
केन्द्रीय तथ्यांक विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो । १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढ्ने अनुमान विभागको छ ।
यस्तो छ, वक्तव्य
