काठमाडौं । अधिवक्ता जगत प्रसाद जोशीले नेपालमा बाल अदालत गठन गर्न माग गर्नुभएको छ ।
Advertisement
बाल दिवसका अवसरमा मंगलबार महान्यायाधिवक्ता खम्म बहादुर खातीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै बाल अदालतको माग गर्नुभएको हो ।
कञ्चनपुर जिल्ला अदालतका बाल अदालत सदस्य एवम् बाल अभियन्ता अधिवक्ता जोशीले ‘कम्तिमा प्रत्येक प्रदेशमा प्रादेशिक क्षेत्राधिकार ग्रहण गर्नेगरी एक एकवटा विज्ञ जनशक्ति सहितको बाल इजलास’ गठन हुनुपर्ने बताउनुभयो ।
ध्याकर्षण पत्रमा नेपालको संविधानमा ‘प्रत्येक बालबालिकालाई बाल अनुकुल न्यायको हक हुनेछ’ भन्ने प्रावधान तथा मिति २०६२ मंसिर ५ गते सर्वोच्च अदालतले दिएको परामादेशको स्मरण गराइएको छ ।
