काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा जारी अवरोध हट्ने/नहट्ने प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीको हातमा रहेको बताउनुभएको छ ।
Advertisement
एमालेका सांसदहरुको नाराबाजीका कारण आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रत्रकारहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अवरोध हट्नेबारे ओलीलाई सोध्न आग्रह गर्नुभयो ।
संसद भवन परिसरमा ‘संसद अवरोध कहिलेसम्म हट्छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो प्रश्न ओलीलाई सोध्नु न।’
आइतबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले अवरोध गरेका थिए । एमालेको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते मंगलबार दिनको १ बजे बस्ने छ ।