कपिलवस्तु । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै कपिलवस्तुका सात दलले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
Advertisement
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा र वैज्ञानिक समाजवादी दलले संयुक्त विज्ञप्ति प्रकाशित गरी आन्दोलनको घोषणा गरेका हुन् ।
घोषित कार्यक्रम अनुसार भोलि भदौ २५ गते तौलिहवामा विरोध प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ ।
