काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ ।
Advertisement
सरकारले एमसिसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले २०७८ भदौ २३ गते बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो ।
एमसिसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो ।