शंकर प्रसाद पोखरेल, प्युठान ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्युठानको झिमरकमा मसाल जुलुश प्रदर्शन गरेको छ ।
Advertisement

बालुवा बडाचौर दाद्रामा आयोजित मसाल जुलुशमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गर, नेकपा (मसाल) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

जुलुशपछि आयोजित कोणसभालाई राष्ट्रिय जनमोर्चाका स्थानीय नेता अमर बहादुर पुन, योगराज पोख्रेल, जनार्दन पोख्रेल, युवक संघका वसन्त जिएम, याम बहादुर पुनले सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध मंगलबार देशब्यापी प्रदर्शनको तयारी गरेको छ ।