जुना भण्डारी चालिसे ##
मसालको झन्डा बोकी देशैभरि हिडौँ है
सङ्गठनलाई धमिल्याउने मान्छे चिनौ है
अहिलेसम्म सङ्गठनले सिकाएको पाठ
बिच बाटोमा आएर गर्यौ विश्वासघात
उही थालीमा खाएर उसैमा प्वाल पार्दै छौ
सोझा सिधा जनतालाई भ्रम छर्दै छौ
अहिले तिमी कुर्लेका छौ समाएर कसको हात
भोलि तिम्रो उनैले नै गर्छन् पर्दाफास
न तिमी अनुशासनमा न केन्द्रको अधीनमा
सोझा सिधा कार्यकर्ता पार्यौ भ्रममा
सङ्गठनलाई तिम्ले किन धमिल्याउन खोजेको
थाहा भयो वनतिरको मान्छे रोजेको
मसाल भन्दै हिँड्छौ तिमी मान्या छैनौ विधान
बाटो छोडी पाखा लायौ ठुलै भाग खान
बहुमतको निर्णयलाई मानेका ता हैनौ नि
केन्द्रको अधिनस्त छँदै छैनौ नि
सङ्गठनको सम्पत्ति राख्न पाउन्नौ रोकेर
किन हिँड्छौ गुटबन्दीको पोको बोकेर
मसालको नाम जप्दै हिँडेका छौ खुलेआम
आफ्नै पार्टी खोल अनि राख आफ्नै नाम
अनुशासन नमान्नेलाई लाउनुपर्छ लगाम
यो गीतलाई यही रोकेँ लालसलाम