कञ्चनपुर । राष्ट्रिय जनमोर्चा बेतकोट नगर समितिको भेला सम्पन्न भएको छ । बिहीबार सम्पन्न भेलाले कमल साहुको अध्यक्षतामा ११ पूर्ण र ३ सल्लाहाकार सहित १४ सदस्सीय नगर समिति गठन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्ष भुपेन्द्र राना, सचिव गोबिन्द बोहरा, सह सचिव हर्कबहादुर धामी र कोषाध्यक्षमा आसा चौधरी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा लतित चन्द, अशोक बोहरा, रामदिन राना, बिरेन्द्र कुँवर, दलबहादुर मल्ल, लाहुराम डगौरा र हनुभएको छ । भेलाले जयबहादुर मल्ल, लोकबहादुर ठकुल्ला र भजौरा रानालाई सल्लाहकार चयन गरेको छ ।
नगर संयोजक कमल साहुको अध्यक्षतामा सम्पन्न भेलामा राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्की र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का प्रदेश संयोजक जनक कुवँरको आतिथ्यता रहेको थियो ।