काठमाडौं । नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार एमाले अध्यक्ष केपी ओलीले १४ सांसदविरुद्ध रिट पेश गर्नुभएको हो ।
Advertisement
माधव नेपाल पक्षमा लागेका सांसदलाई कारबाही गर्न संसद सचिवालयमा एमालेले पत्र पठाएपनि सभामुखले कारबाही नगरेपछि सर्वोच्च पुगेको एमालेले जनाएको छ ।
यस्तै, एमालेले लुम्बिनी प्रदेशकी सांसद विमला ओली र पूर्णबहादुर घर्तीलाई एमालेले कारबाही गरेपनि संसदले अस्वीकार गरेपछि एमाले सर्वोच्च पुगेको छ ।
अध्यक्ष ओलीको तर्फबाट यी दुवै रिट अधिवक्ता सुमित्रा पाण्डेले पेश गरेको सर्वोच्च अदालतले जानकारी दिएको छ । रिट बिहीबार दर्ता हुने छ ।