• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोनाका कारण बालबालिकाको नियमित खोप प्रभावित


  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित रूप लगाउनुपर्ने खोप प्रभावित भएको देखिएको छ ।

    Advertisement

    स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरे पनि अभिभावकले कोरोना सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमति खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो ।

    स्वास्थ्य सेवा विभागको परिवार कल्याणअन्तर्गत खोप तथा बालस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिनुभयो । उहाँले सबै मानिस कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुँदा खोप लगाउन छुटेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कोरोना सङ्क्रमणको समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।’

    उहाँका अनुसार सामान्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् ।

    शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदरबाट जोगाउनका लागि ठुलो भूमिका खेल्ने भएकाले बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैमा आग्रह गरेको छ ।

    विभागले जन्मदेखि ५ वर्षसम्मका बालबालिकालाई विभिन्न सङ्क्रामक रोग विरुद्ध, बाल मृत्युदर कम गर्न र कुषोषणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँदै आएको छ । २०३४ बाट बिसिजी, डिपिटीलगायत सुरु गरिएको खोपको नियमित अभियानअन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिँदै आइरहेको छ । २०४५ मा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागु गरिएको थियो । २०६० मा पुनः छ प्रकारका खोप होपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायतका दिन थालिएको हो ।

    जन्मिनेबित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभी, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादुरा–रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रुबेला खोप लगाउने गरिन्छ ।

    त्यस्तै, जन्मेको एक महिनाभित्र सरकारले पेन्टाभ्यालेन्स (बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फुन्जा ) रोग विरुद्धको खोप दिने गर्दछ । २०१६ को राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य तथ्याङ्कअनुसार एक वर्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।

    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.