शिव पन्थी, प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिका ६ बर्जिवाङमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री, वामपन्थी नेता सुरेस थापा र राजमो जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काले उपस्थित कार्यकर्तालाई विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने व्यक्तिहरुलाई नेता वोमबहादुर खत्रीले स्वागत गर्नुभएको थियो । सो क्रममा नेकपा (माओवादी) केन्द्रबाट हुमाराम पार्दे, नेकपा (एमाले) बाट हिरालाल जिसी, तेजी जिसी, लक्षीराम वैजाली, दिलमाया सुनार, लालबहादुर पोखरेल लगायत राजमोमा प्रवेश गर्नुभएको हो ।
यसअघि सोही वडाबाट नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता टेकमान घर्तीमगर र सन्तराम सुनारको नेतृत्वमा स्थानीय कार्यकर्ता तथा समर्थकहरु सो पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका थिए ।

डील बहादुर पुनको अध्यक्षता तथा घन बहादुर जिएमको स्वागतमा अघि बढेको कार्यक्रममा स्वर्गद्वारी नगरपालिका वडा नं ६ काअध्यक्ष गिर बहादुर गुरुङले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा वडा नं ८ का वार्ड अध्यक्ष खोप बहादुर राउत, नगर सदस्य शिव पन्थी, राजमो वार्ड अध्यक्ष तीर्थ मडि पोखरेल र शिक्षक संघका प्रदेश सदस्य भूपाल थापाको समेत आतिथ्यता रहेको थियो ।