केशव गाहा “पाल्पाली”
Advertisement
सिमानामा मिचिएको होइन मिचाएकै हो ।
शासकले बेलाबेलामा भेटी चढाएकै हो ।।
नपत्याएत्यो इतिहास पल्टाएर हेर्नुहोस् ।
हिँजो टनकपुर बेचेर रुपियाँ कमाएकै हो ।।
सुरुद्ध युद्ध गर्छु भन्नेहरू कहाँ गए खै ।
बाउन्न सालतिर हतियार उठाएकै हो ।।
कति जमिन मिच्यो थाहा छ सरकारलाई ।
विस्तारवादको अगाडि शिर झुकाएकै हो ।।
नालापानी, कालापानी, लिपुलेकको बारेमा ।
त्यो सरकारलाई विगतमा चेताएकै हो ।।
खोक्रो राष्ट्रवादको नारा फुक्नेहरूले ।
महाकाली बेचेर भकारी भराएकै हो ।।
सत्तामापुगेपछि दलाल बन्छन् के गरौँ ।
जनताले त देशभक्त सोचेर पठाएकै हो ।।
सिमानामिचेर दुश्मनहरू छिरेनन् यस्सै ।
आँखाचिम्लेर हाम्रै नेताहरूले सघाएकै हो ।।
राष्ट्रका निम्ति एकजुट हुन सकेनौँ हिँजो ।
मेची–महाकालीअभियान त चलाएकै हो ।।
देशको अस्मिताबचाउन जुटौँ नेपाली ।
देश खानभारतले जाल बिछाएकै हो ।।