खिमराज चालिसे ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले आफ्नो नगरमा व्यापक सङ्गठन निर्माण अभियान निरन्तर सञ्चालन गदै दैनिक समितिको निर्माण कार्य तीव्र गतिमा सञ्चालन गरेको छ ।
आमजनता विच विभिन्न प्रकारका भ्रम चिर्दै सैद्धान्तिक प्रशिक्षणसहित बस्ती गल्लीमा मूल प्रवाहको समिति निर्माणको क्रममा केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जिसीको नेतृत्वमा प्रशिक्षणसहित दुई वटा टोल समिति निर्माण गरिएको हो ।
महादेब इन्क्लेब टोल समिति
सेतियाफार्म महादेब इन्क्लेबमा श्रमजीवी नेपालीबिच भेला गरी टोल समिति निर्माण भएको छ । भेलामा केन्द्रीय सचिव त्रिभुवन भट्टराई, नगर सचिव बसन्त भण्डारी र नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो।
भेलाले नौ सदस्यीय ए टोल समितिको निर्माण गरेको छ, जसमा अध्यक्ष मोनु केसी, सचिव हिरालाल रिजाल, कोषाध्यक्ष बागमती केसी, सदस्यमा अनिसा मगर, अर्चना केसी, किसन केसी, सोनु केसी, कौसल्या केसी र एक स्थान रिक्त राखिएको छ ।
मोचीगल्ली टोलसमिती
त्यस्तै, मोचीगल्लीमा केन्द्रीय सदस्य कृष्ण जिसी र क्षेत्रीय सदस्य हुकुमबहादुर विकको विशेष उपस्थितिमा आयोजित भेलाले १३ सदस्यीय टोल समिति निर्माण गरेको छ ।
नवनिर्मित समितिमा अध्यक्ष प्रेमबहादुर, सचिव दीपा सोनी, कोषाध्यक्ष रेम नेपाली, सदस्यमा हुमबहादुर विक, लक्ष्मी, सुरज विक, देवी विक, वीरबहादुर नेपाली, समीर विक, रमित विक, विजय र अजय रहनुभएको छ ।

