• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लामिछानेद्वारा लेटरप्याड दुरुपयोग गरियो : मूल प्रवाह नेपाली एकता समाज


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहिल्यै निष्काशित देवबहादुर लामिछानेले सङ्गठनको लेटरप्याड दुरुपयोग गरेको बताएको छ ।

    Advertisement

    निष्काशित लामिछानेले आफूलाई केन्द्रीय उपाध्यक्षको रूपमा प्रस्तुत गर्दै केही दिनअघि सम्पन्न भएको भनिएको सुदूर पश्चिमको कथित भेलालाई समर्थन गरेर प्रेसवक्तव्य जारी गरेपछि एकता समाजले यस्तो धारणा व्यक्त गरेको हो ।

    समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा अगस्त २७, २०२१ का दिन जारी प्रेसवक्तव्यमा फुटपरस्त गतिविधिलाई अघि बढाउन लेटरप्याड दुरुपयोग गरेको बताइएको छ ।

    महत्त्वाकाङ्क्षी प्रवृत्तिका कारणले लामिछानेले फुटपरस्त गतिविधि गरिरहेको बताउँदै वक्तव्यमा त्यसको सामना गर्न कार्यकर्तालाई निर्देशन गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ–
    “२७ अगस्त २०२१ का दिन साँझ देबबहादुर लामिछानेद्वारा हाम्रो सङ्गठनको केन्द्रीय समितिको लेटरप्याड दुरुपयोग भएको छ । उनले २०७८ भदौ ८–९ गते कैलालीको धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट भएको कथित सुदूर पश्चिमोत्तरको भेलाप्रति समर्थन जनाउँदै वक्तव्य जारी गरेका छन् । लामिछानेको उक्त वक्तव्यले उनी पहिलेदेखि नै सङ्गठनमा फुटपरस्त गतिविधिमा संलग्न थिए भन्ने प्रमाणित भएको छ । सङ्गठनको नीति, नियम, पद्धति, अनुशासनमा नबसेकै कारण देवबहादुर लामिछानेलाई सङ्गठनबाट निश्काशित गरिएको थियो, अहिले पनि उनले निरन्तर सङ्गठनमा फुट पार्न कोसिस गरिरहेका छन् ।

    हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देवबहादुर लामिछानेलाई गत मार्च २०–२१, २०२१ मा सम्पन्न नवौँ बैठकले सङ्गठनबाट निश्काशित गरिसकेको विषय सर्वत्र अवगत छ । अहिले उनै निश्काशित व्यक्तिले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नाम, झन्डा र लेटरप्याड समेत दुरुपयोग गरी भ्रम सिर्जना गर्ने कोसिस गरिरहेका छन् । उनको त्यो गतिविधिको उदेश्य मूल रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्नु नै हो ।

    उनले भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरूको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्न खोज्नुको मुख्य कारण उनमा रहेको पदीय महत्त्वाकाङ्क्षाले नै काम गरिरहेको छ । उनलाई सङ्गठनले ६ महिनापहिला नै सङ्गठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिसकेको थियो । तर उनले अहिले पनि आफूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय उपाध्यक्षकै रूपमा प्रस्तुत गरिरहेका छन् । यसबाट उनमा भएको चरम पदीय महत्त्वाकाङ्क्षा रहेको पुष्टि हुन्छ । त्यसैले त्यस प्रकारका महत्त्वाकाङ्क्षी, फुटपरस्त तत्त्वका विरुद्धमा सम्पूर्ण स्तरका कार्यकर्ता एकजुट भएर सामना गर्न समेत निर्देशन गर्दछौँ ।

    हामी यो स्पष्ट गर्न चाहन्छौं कि सङ्गठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध कुनै पनि प्रकारका कार्यक्रम र गतिविधिप्रति भारत प्रवासमा रहेका श्रमजीवी नेपालीको छाता सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको समर्थन रहने छैन । २०७८ भदौ ८ र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट भएको कथित सुदूरपश्चिमको भेलाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कुनै प्रकारको समर्थन नरहेको यसै वक्तव्यमार्फत जानकारी गराउँछौँ ।”

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.