काठमाडौँ । वीरगन्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ मजदुर घाइते भएका छन् । फलाम पग्लिरहेको भट्टीमा विस्फोट भएपछि त्यसले श्रमिकहरूलाई लागेको हो ।
Advertisement
घाइते मजदुरलाई उपचारका लागि भारतको पटना र वीरगन्जको नारायणी बयोदा अस्पताल लगिएको छ । उनीहरूको शरीरको विभिन्न भाग जलेको छ ।
छ जना गम्भीर घाइतेलाई भारतको पटनास्थित अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।