महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुर फुटपरस्तको विपक्षमा उभिएको छ । जिल्लाध्यक्ष रामबहादुर कार्कीको हस्ताक्षरमा २०७८ भदौ ९ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।
Advertisement
प्रेसवक्तव्यमा फुटपरस्त तत्त्वको भेलाले गठन गरेको समिति अवैधानिक भएको बताइएको छ । राजमो विधान र केन्द्रीय समितिको स्वीकृतिबेगर नै भेला गरी गठन गरेको भनिएको प्रदेश समितिलाई वक्तव्यमा अमान्य बताइएको छ ।
नन्दराज भट्टले नेतृत्व गर्नुभएको प्रदेश समिति नै राजमो सुदूर पश्चिम आधिकारिक समिति भएको ठहर वक्तव्यमा गरिएको छ ।
यस्तो छ प्रेसवक्तव्य
