हेम बिजी ##
एउटा अवैधानिक आमसभा
अनलाइनमा आयो
टालाटुली बटुली
सभा सकियो
विज्ञप्ति अनलाइनमै पढियो
प्रवृत्ति अनलाइन मै चिनियो ।
Advertisement
आयोजक समिति पनि अवैधानिक
नयाँ नक्कली
अतिथि पनि अवैधानिक
निष्काशित नेता
सहभागी सदस्य पनि अवैधानिक
वैधानिक रसिदमा अवैधानिक हस्ताक्षर ।
मूल प्रवाहको छालले हुत्याउँदा
नदीकिनार थुप्रिएका
न पात न हाँगा
सुकेका मुढाजस्तै भेला भएर
त्यो अवैधानिक आमसभा सकिएछ ।
केवल
त्यो अवैधानिक आमसभामा
वैधानिक त
तीन चिज मात्र थिए
मोबाइल, ल्यापटप र डाटा
जुन चिज
वैधानिक बिलमा किनिएको थियो ।
आफ्नै मूलघर भत्काउन
हिँडेको त्यो
अवैधानिक सभा
हिँड्दा–हिँड्दै बाटोमै बिलाउने छ
बितेको इतिहासमा जस्तै
अनि त्यो
अवैधानिक आमसभा देखिने पनि छैन
अक्षर खेरा फालेर केही लेखिने पनि छैन ।