• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

आज एउटा प्रण गरौँ


  •   मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
  • ऋतु केसी ##
    नजन्मिदै भु्रणमै परिचय र परीक्षा दिनुपर्ने
    तिम्रो बाध्यता
    तिमीजस्तै तिम्रो आमाले पनि
    कदम कदममा परीक्षा दिइरहेकी छन्
    तिमीलाई खुसी खुसी आत्मसाथ गर्न पाउने
    तिम्री आमाको रहर
    अनि, स्वतन्त्रतालाई यो समाजले नराम्रोसँग
    घाँटी निमोठिदिएको छ
    कोपिलैबिना फूलको सपना देख्छ यो समाज
    सृजनाबिना नै सृष्टिको परिकल्पना गर्छ यो समाज,
    तिमी छौ र त आज हामी सबै छौँ नारी

    Advertisement

    शिशुदेखी प्रौढसम्म बलात्कृत हुदा
    आफ्नो अस्तित्व र अस्मिता जोगाउन नसकेर
    प्रताडित बन्दा
    उत्ताउलीको पगरी लगाइदियो समाजले
    उल्टै उसैलाई
    निर्दोषपनाको प्रमाण पेस गर्न सकिनन् बिचरी
    बिटुली बनाइदियो समाजले उसैलाई
    जो वर्षौंदेखि चलिरहेको छ उसैगरी

    दाइजोको मोलमोलाइसँगै
    त्यहीमध्यको एउटा सामानजस्तै
    उसलाई पनि बिहे गर्ने भएछ
    मर्द कहलिएको उसले
    पुगेन रे खोजेजति
    जलाइदियो ज्युँदो प्राणलाई पाशविक बनेर
    ‏आखिर उसका लागि सौदाबाजी गरेर
    ल्याएकी एउटा वस्तु न त थिई ऊ
    ‏चुपचाप आशुसँगै सहँदै छन जन्मदाता
    ‏उल्टो पश्चाताप गरिरहेछन् ‏उसको
    मोल तिर्न सक्ने औकात भएन आफ्नो भनेर
    ‏बिडम्बना
    ‏ऊ ज्युँदै जलेर मरी
    ‏अर्को फेरि मोलमोलाइमा निस्किसक्यो उसैगरी

    ‏मुख्खिनी आबैका साप्रामा निलाडाम बसेछन्
    ‏तर, कपाल भुत्लाइयो
    तल्लाघरे आरने दाइकी सुन्तलीका ‏मनरूपा भाउजुलाई
    तातो झिरले किन रोपियो बुझ्दै–बुझिनन्
    ‏धेरै दिनपछि थाहा पाइन्
    फुन्द्रे साहुको भैसीले दुध नदिएको रे भनेर
    ‏होइन ‏यो समाजका मुख्खिनी आबै, फुन्द्रे साहुनीहरू
    किन कहिल्यै लुछिन र रोपिनुपर्दैन हँ ?
    किन आरोप खेप्नुपर्दैन उनीहरूले
    सुन्तली र मनरूपाले जस्तै हँ ?
    ‏वर्गीय विभेद यहीँनेर छ र त
    वर्गीय लडाइँको उत्थान पनि यहीँनेरबाट गर्नुछ

    ‏उपलब्धि भएका केही चिम्टि अधिकार
    र समानताका कुरा नगर भो
    ‏आन्दोलनका अग्रपङ्क्तिमा खटेर
    ‏लाठी र गोलीको पर्वाह नगरी
    ‏लडेर ल्याएको हक हो यो
    ‏ल्याउन धेरै बाँकी छ
    ‏लड्न धेरै बाँकी छ
    ‏जुट्न र जुटाउन धेरै बाँकी छ
    ‏उठन र उठाउन धेरै बाँकी छ
    ‏किनकि लाखौँ शोषित, पीडितको
    मुक्तिको यात्रा निरन्तर चलाउनु छ
    थाक्दै नथाकी विश्राम नलिई

    ‏त्यसैले त
    ‏समाजका हरेक अन्धकार चिर्न
    ‏दियो र जुनकिरी बनेर पुग्नु छ
    ‏असमानता र अज्ञानताका खाडल पुर्न
    ‏निर्भिय राँको बनेर दन्कनु छ
    ‏म बलेर हुन्न तिमी बलेर हुन्न साथी
    ‏हामी बल्नुछ राको बनेर दन्कनु छ साथी
    ‏आऊँ आज एउटा प्रण गरौँ हामी साथसाथ
    ‏यो समाज बदल्न दियो बनेर प्रकाश छर्ने छौँ
    ‏आऊ आज एउटा प्रण गरौँ साथी
    राँको बनेर सबै खाले विभेदका विरुद्ध लडने छौँ
    आऊँ एउटा प्रण गरौँ साथी ।

    मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.