खिमराज चालिसे, चण्डीगढ ।
राजस्थानको श्रीगंगानगर उद्योग विहारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ ।
Advertisement
केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा अगस्त २३, २०२१ का दिन आयोजित भेलाले विभिन्न समसामयिक विषयमा व्यापक चर्चा–परिचर्चासहित १३ सदस्यिय टोल समिति गठन गरेको हो ।
टोल समितिको अध्यक्षमा रामबहादुर परियार, सचिवमा सन्दीप परियार, कोषाध्यक्षमा रेनु परियार र सदस्यमा विमला परियार, विपिन परियार, उर्मिला परियार, माधव परियार, बिमली परियार, अर्जुन परियार, किरण परियार, प्रकाश विक, विद्या खान र दीपक खान रहनुभएको छ ।
कार्यक्रममा विपिन परियारको सञ्चालनमा तथा रामबहादुर परियारको अध्यक्षता रहेको थियो ।