प्युठान । झिमरुक गाउँपालिका वडा न. ३ सिम्लेनी टोल निवासी राष्ट्रिय जनमोर्चाका सदस्य राम बहादुर खत्रीप्रति राजमोले श्रद्धाञ्जली अर्पण गरेको छ ।
अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिकाका उपाध्यक्ष अर्जुन केसीका पिता तथा राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका–३ का सदस्य खत्रीको स्मृतिमा आइतबार उहाँकै निवासमा शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा राजमो नेता कार्यकर्ताहरूले उहाँको तस्बिरमा माल्यार्पण गरी खत्रीप्रति सम्मान प्रकट गरेका थिए । उहाँको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियोे ।

राष्ट्रिय जनमोर्चा झिमरुकका अध्यक्ष शिद्दिमान जिसि, अखिल नेपाल किसान संघका केन्द्रीय सचिव विरबहादुर जिसि, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसि, वडा न. ३ का वडा अध्यक्ष मिनबहादुर केसी, अखिल नेपाल युवक संघका झिमरुक अध्यक्ष भरत ढकाल, वडा न. ३ का वडा सदस्य नवराज केसी, युवक संघका झिमरुक सदस्य ध्रुव जिसि, राजमो ३ न. वडाका उपाध्यक्ष रेकम बहादुर महतारा लगाएत नेता कार्यकर्ताहरूले उहाँको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।
खत्रीको गत साउन २६ गते ७९ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित खत्रीको अन्त्येष्टिमा सांसद दुर्गा पौडेलसमेत पुग्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न. ३ का अध्यक्ष तेजबहादुर खड्का र जातीय समता समाजका जिल्ला सदस्य विनोद विकले सञ्चालन गर्नुभएको थियो ।