खिमराज चालिसे, चण्डीगढ ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी वर्ष ४० का कान्तबहादुर घर्तीक्षेत्री विगत २०७१ सालमा भारतमा जागिर गर्न हिडेका अहिलेसम्म सम्पर्कमा नआएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी कार्य सुरु गरेको छ ।
उनी हराएको आठ वर्षदेखि लगातार खोजी कार्य गरिरहेकी कान्तबहादुरकी पत्नी कमला घर्तीक्षेत्रीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिमा खोजी कार्यमा सहयोग गरिदिन निवेदन दिएपछि एकता समाज त्यस कार्यमा सक्रिय भएको हो ।
परिवारका अनुसार भारतको हरियाणा वा पन्जाबतिर भएको शङ्का गरिएका कान्तबहादुर घर्तीक्षेत्री भेटिएमा नजिकको मूल प्रवाह एकता समाजको कार्यालय वा भारतमा तिलकराज पौडेल ९१–९९१५२२९६१९ र नेपालमा कमला घर्तीक्षेत्री, फोन– ९७७–९८६१६६३७५१ मा सम्पर्क गर्न मूल प्रवाह एकता समाजले आग्रह गरेको छ ।