काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जसपाको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।
Advertisement
महन्थलाई नै अध्यक्ष बनाउने र साइकल चुनाव चिह्न राख्ने गरी नयाँ दल जसपा नेपाल (लोकतान्त्रिक) दर्ताको तयारी भएको स्रोतले जनाएको छ ।
२० प्रतिशत केन्द्रीय सदस्य वा सङ्घीय सांसद पु¥याएमा दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै ठाकुर पक्षले दल दर्ता गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई मान्यता दिएसँगै नयाँ दल दर्ताको तयारी गरेका महन्थ पक्षलाई अध्यादेशबाट थप सहज भएको हो ।