• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ ।

    Advertisement

    यस वर्ष नेपाल, अमेरिका र बेलायतका आठ वटा संस्था मिलेर चौथो विश्व संस्कृत दिवस मनाउन लागिएको हो । समितिले साउन शुक्ल पूर्णिमाका दिन भदौ ६ गते विश्व संस्कृत दिवसका अवसरमा वाल्मीकि विद्यापीठमा कार्यपत्रसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ ।

    त्यसका लागि जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा. निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद गौतम, सनातन धर्म महासङ्घका उपाध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल रहनुभएको निर्देशन समिति गठन गरिएको छ ।

    त्यस्तै, जरोकिलो प्रतिष्ठानका उपाध्यक्ष डा माधवशरण उपाध्यायको संयोजकत्वमा सबै संस्थाका प्रतिनिधि सदस्य रहेको कार्यकारी परिषद् गठन गरिएको जनाइएको छ । परिषद्को सदस्य सचिवमा गोविन्द घिमिरे र सदस्यमा रोहिणी तिमल्सिना, सरस्वती चौलागाईं, गार्गी चौलागाइँलगायत ११ सदस्य रहेको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

    भौतिक रूपमा २५ जना जम्मा भई गरिने कार्यक्रममा इच्छुक जति जुम प्रविधिबाट जोडिन सक्ने समिति संयोजक अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यायले “संस्कृत भाषाको वर्तमान स्थिति” र काठमाडौँ विश्वविद्यालयका सहप्राडा अजय रिसालले “मनोचिकित्सामा संस्कृत” विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

    दिवस मनाउन अमेरिकाका दुई संस्था सहृदयता इन्टरनेसनल र विश्व भुटानी हिन्दु सङ्गठन र बेलायतको नेपाली हिन्दु फोरम पनि सहभागी भएका छन् । चौथो विश्व संस्कृत दिवसको प्रमुख अतिथिका रूपमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्राडा राजाराम शुक्ललाई निमन्त्रणा गरिएको छ ।

    प्रतिष्ठानको नेतृत्वमा वि.सं. २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट घोषणा गराई अन्तर्राष्ट्रिय मान्यता दिलाउने अभियानमा पनि प्रतिष्ठान लागेको छ । राष्ट्र सङ्घमा यससम्बन्धी प्रस्ताव नेपालले राख्नुपर्ने माग राख्दै संस्कृत क्षेत्रमा कार्यरत विश्वविद्यालय, विभाग एवम् संस्थाले अभियान चलाउँदै आएका छन् ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.