शिव पन्थी, प्युठान ।
राष्ट्रिय जनमोर्चाको स्वर्गद्वारी नगरपलिका–४ टोल समिति गठन भएको छ । सोमबार सम्पन्न भेलाले ९ सदस्यीय टोल समिति गठन गरेको छ ।
Advertisement
समितिको अध्यक्षमा रामबहादुर रावल, उपाध्यक्ष विष्णी रोकाया, सचिव दोर्णबहादुर रावत, सहसचिव नवराज नेपाली र कोषाध्यक्षमा पिमा रावल चयन हुनुभएको छ ।
सदस्यहरुमा केशव खड्का, मनबहादुर रावल, देविराम रावल,विरबहादुर रावल तथा सल्लाहकारमा बुद्विप्रसाद श्रेष्ठ, बिष्णु योगी र बलीराज रावल हुनुहुन्छ ।
रामबहादुर रावलको अध्यक्षता तथा दोर्णबहादुर रावलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा राजमो जिल्ला सदस्य इन्द्रबहादुर खड्काले भेला सफलताको शुभकामना दिनुभएको थियो ।