काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी–केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
साउन २७ गते मुख्मन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न बिहिबार ३ बजेसम्मको समयसीमा दिनुभएको थियो । जसअनुसार केसीले नेपाली काङ्ग्रेस, जनता–समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना सूर्य चिह्न लिएर चुनाव लडेका सांसदसहित ४२ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।
२०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसी गत वैशाखसम्म प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो ।
केसीले साउन २८ गते नै पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।