• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीका नौ बुँदे माग


  •   बुधबार, साउन २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । पर्यटन क्षेत्रका सङ्घसंस्थाले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नौ बुँदे माग राखेका छन् ।

    Advertisement

    होटेल सङ्घ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिस्ट बस एसोसिएसन अफ नेपाललगायत १३ भन्दा बढी संस्थाले २०७८ साउन २७ संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड महामारीले अत्यन्तै प्रभावित बनेको पर्यटन उद्योगलाई बचाउन यस्तो माग अघि सारेका हुन् ।

    व्यवसायीले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागु गर्दै देशभरि पर्यटकीय गन्तव्यहरूमा अग्रपङ्क्तितमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा सम्बन्धित क्षेत्रका कामदार, कर्मचारी एवम् सरोकारवालालाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था महिनादिनभित्र उपलब्ध गराउन माग गरेका छन् ।

    साथै सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गर्न र सम्पूर्ण पर्यटकीय क्षेत्र खुल्ला गर्न आग्रह गरिएको छ । कोभिड खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टिन बस्नुनपर्ने व्यवस्था गर्न तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुमा पिसिआर टेस्टको व्यवस्था गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गर्ने, नेपालको सबै स्रोत बजार (पर्यटक बस्ने देशसहर) मा भिसा जारी गर्ने निकाय नरहेकाले पर्यटकको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा (इभिसा) सेवा प्रणालीमार्फत सहज रूपमा भिसा अन–अराइभल व्यवस्था लागु गर्न पनि व्यवसायीले माग गरेका छन् ।

    त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालीम तथा अनुगमन संयन्त्रको व्यवस्था गरिनुपर्ने, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा पर्यटन सम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षमध्येबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी सम्बन्धमा तुरुन्तै जारी हुन लागेको इम्बोस्ड नम्बर प्लेट पर्यटक सवारी साधनमा हाल भइरहेको हरियो प्लेटजस्तै छुट्टै किसिमको पहिचान हुने गरी व्यवस्था हुनुपर्ने तथा पर्यटक सवारी सहज रूपमा मुलुकका विभिन्न प्रदेशमा विना रोकटोक थप आर्थिक भारबिना झन्झटरहित आवागमन गर्न पाउनुपर्ने माग विज्ञप्तिमा उल्लेख छ ।

    ट्रेकिङ, टुर, राफ्टिङलगायत अन्य साहसिक कम्पनीको न्यूनतम अधिकृत पुँजी २५ लाख बराबरको बिनाधितो शून्य प्रतिशत ब्याज दरमा ऋणको व्यवस्था गर्ने । यस्तो ऋणको अधिकतम अवधि पाँच वर्ष कायम गर्ने तथा कोभिड–१९ का कारणले पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्ण रूपले छुट गर्नाका साथै आव २०७६/७७ र २०७७/७८ को जरिवाना पूर्ण छुट गर्नुपर्ने पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने व्यसायीको माग छ ।

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.