काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि बिक्री खुला भएको छ ।
आजदेखि बिक्री खुला भएको आईपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु एक सय अंकित दरका कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।
रु तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो
आईपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी रु दश करोड ९३ लाख ७५ हजार पुग्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फतसमेत आईपीओमा आवेदन दिन सक्नेछन् ।