• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमसीसी अघि नबढाउने सरकारको निर्णय स्वागतयोग्य : राष्ट्रिय जनमोर्चा


  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सरकारले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि नबढाउने निर्णय गरेकोमा राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ ।

    Advertisement

    पाँच दलीय गठबन्धनको सरकार सञ्चालनसम्बन्धी साझा न्यूनतम कार्यक्रममा एमसीसी अघि नबढाउने सहमति कायम भएपछि राजमोले सो निर्णयको स्वागत गरेको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ साउन २६ गते जारी प्रेसवक्तव्यमा पार्टीको सो धारणा सार्वजनिक गरिएको छ ।

    कोभिड–१९ बाट नागरिकको जीवनरक्षालाई प्राथमिकता दिने न्यूनतम कार्यक्रमलाई स्वागत गरिएको सो वक्तव्यमा विदेशस्थित नेपालीका लागि सम्बन्धित देशबाटै मतदानको अधिकार समावेश गरेकोमा त्यसलाई कानुन बनाई लागु गर्न आग्रह गरिएको छ ।

    वक्तव्यमा न्यूनतम कार्यक्रममा परेका नागरिकता विधेयक र सङ्घीयताको भने विरोध गरिएको छ । त्यस्तै, प्रतिगमन अहिले नै सच्चिएको भ्रममा पर्न नहुने बताइएको छ ।

    भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “यही श्रावण २४ गते सरकारले जारी गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमबारे राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. सर्वप्रथम हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि पूर्व प्रधानमन्त्री ओलीको व्यक्तिवादी, स्वेच्छाचारी र अराजक प्रकारका क्रियाकलापले संविधान, गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता आदिमाथि उत्पन्न खतराका विरुद्ध अर्थात् प्रतिगमनका विरुद्धको संयुक्त सङ्घर्षको दौरानमा बनेको पा“च दलीय गठबन्धन अहिले पनि कायम छ । यो गठबन्धनमा राष्ट्रिय जनमोर्चा रहेको छ । तर, सरकारमा सामेल हुने र सरकार सञ्चालनको संयन्त्रमा भने नरहने निर्णय गरेका छौँ । उक्त संयन्त्रमा नरहे पनि यो सरकारलाई हाम्रो समर्थन छ । यसअघिको सरकारलाई जस्तै यो सरकारलाई पनि गुण र दोषका आधारमा हामीले समर्थन वा विरोध गर्ने छौँ ।

    २. सरकारको साझा न्यूनतम कार्यक्रममा कोभिड—१९ को महामारीबाट नागरिकको जीवनरक्षा गर्ने प्रश्नलाई प्राथमिकतामा राखिएको छ । यो धेरै सकारात्मक कुरा हो । विदेशमा रहेका नेपालीलाई देशको आम चुनावमा भाग लिन पाउने व्यवस्था गर्न हामीले जोड दिँदै आएका थियौँ । कार्यक्रममा उक्त विषयलाई समावेश गर्नु न्यायपूर्ण र सकारात्मक कुरा हो । तर यसलाई कार्यान्वयन गर्न कानुनको आवश्यकता पर्छ । उक्त कानुन चाडै निर्माण गरी कार्यान्वयन गर्न जोड दिन्छौँ । निवर्तमान सरकारको अराजक र अधिनायकवादी कार्यशैलीका विरुद्धको सङ्घर्षको पृष्ठभूमिबाट आएको यो सरकारले संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिने कुरालाई पनि प्राथमिकतामा राखेको छ । साथै राष्ट्रघाती र धेरै विवादित रहेको एमसिसी सम्झौतालाई अघि नबढाउने सहमतिलाई पनि हामीले सकारात्मक रूपमा लिन्छौँ । यी कुराका अतिरिक्त अन्य कतिपय सकारात्मक कुराहरू साझा न्यूनतम कार्यक्रममा समेटिएका छन् । तिनलाई हामीले स्वागत गर्दछौँ ।

    ३. उक्त साझा न्यूनतम कार्यक्रममा कतिपय गलत र अनावश्यक कुरा पनि रहेका छन् । सङ्घीयता नेपालका लागि अनुचित व्यवस्था हो । त्यसलाई खारेज गर्नुपर्ने ठाउ“मा सबलीकरण गर्ने कुरा सही होइन । त्यसको सबलीकरणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देश र जनतालाई विखण्डनतिर लैजान्छ । त्यसले स्थानीय तहको कार्यक्षेत्रलाई समेत सीमित गर्ने छ । संसदमा राष्ट्रघाती प्रकारको नागरिकता विधेयक विचाराधीन अवस्थामा छ । त्यसलाई कुन रूपमा सरकारले अघि बढाउ“छ भन्ने कुरा पनि यतिबेलाको प्रधान राष्ट्रिय विषय हो । राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने कुरालाई हामीले सामान्यतः गलत भन्दैनौँ । तर, यो कुन विषयमा संशोधन हो ? त्यसका के परिणाम आउ“छन् भन्ने कुरा महत्त्वपूर्ण कुरा हो । सङ्घीयता हटाउनका लागि पनि संविधानको संशोधन गर्नुपर्ने हुन्छ । तर, मधेसवादीले देश र जनताको हित विरुद्धका गलत विषयमा बारम्बार संविधान संशोधन गर्ने कुरा उठाउ“दै आएका छन् । त्यसको एउटा पक्षले त प्रतिगमनको सेवा गर्ने र ओली नेतृत्वको सरकारमा समेत सामेल थियो । यस्ता गलत, अनावश्यक र गम्भीर रूपमा विवादित रहेका विषयलाई खारेज वा रोक्न गर्न नसके पनि तिनलाई अघि नबढाउने कुरालाई पनि तुलनात्मक रूपले सही मान्नुपर्ने हुन्छ ।

    ४. देशमा राजनीतिक क्षेत्रसहित प्रायः हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमितता र बेथितिले गा“जेको छ । कर्मचारी तन्त्र नोकरशाही र भ्रष्ट छ । यस्तो स्थितिमा सही र उचित प्रकारले कार्य हुन गाह्रो छ । यो वस्तुगत स्थितिलाई विचार गरेर गठबन्धनका दल र संयुक्त सरकारले निस्वार्थ रूपमा बलियो इच्छाशक्तिका साथ देश र जनताको हितको पक्षमा, संविधान, कानुन र विधिसम्मत तरिकाले काम ग¥यो भने त्यो धेरै स्वागतयोग्य कुरा हुने छ ।

    ५. ओली नेतृत्वको सरकारको बहिर्गमन हुनासाथ प्रतिगमन पूरा रूपले सच्चियो भन्ने भ्रममा पर्नुहुन्न । अहिले पनि प्रतिगामी शक्तिहरू क्रियाशील छन् । यदि यो सरकारले पनि राम्रो काम गर्न सकेन भने जनअसन्तोष बढ्ने छ । स्वयम् पा“च दलमा कतिपय विषयमा भिन्न भिन्न दृष्टिकोण वा विचार छन् । यदि कसैले आफ्नो विचार मात्र लाद्न खोज्यो भने पनि गठबन्धन कमजोर बन्ने छ । त्यो स्थितिमा सरकारले राम्ररी काम गर्न सक्ने छैन । त्यो स्थितिमा प्रतिगमनको लागि पुनः पृष्ठभूमि तयार हुने छ । त्यसकारण वर्तमान संयुक्त सरकारले देश र जनताको पक्षमा कानुन र विधिसम्मत ढङ्गले काम गरोस् । हाम्रो सहयोग, समर्थन र शुभकामना छ ।”

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.