• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कैलालीमा बालविवाह, बहुविवाह र छाउपडी प्रथा विरुद्ध किशोरीहरू जागरुक


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • धनगढी । कैलालीको जानकी गाउँपालिकाका किशोरीहरू समुदायमा गलत अभ्यासमा रहेका प्रथा विरुद्ध जागरुक भएका छन् ।

    Advertisement

    किशोरीहरूले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता प्रथाको विरोध गर्न थालेका छन् ।

    किशोरीले विरोध मात्र होइन, बालविवाह बदर गराउने, छाउगोठ भएका घरमा सम्झाउने, गोठ भत्काउने र समुदायमा जनचेतना जगाउने काम गरिरहेका छन् । जानकी–३, ७ र ६ वडामा किशोरी समूह गठन गरी उनीहरूले हरेक महिना बैठक बसी समुदायका समस्या पहिचान गर्ने गर्दछन् । किशोरी समूहमा बसेर काम गर्न थालेपछि उनीहरूको नेतृत्व विकास हुनुका साथै उनीहरूले समुदायका हरेक काममा निगरानी राख्न थालेका छन् ।

    जानकी–७ की माया विक दुई वर्षअघि किशोरी समूहमा आबद्ध हुनुभएको हो । कैलालीमा कार्यरत दलित महिला अधिकार मञ्चले समूह गठनमा सघाएपछि समूहमा आबद्ध भएकी माया हाल समुदायकै अभियानकर्मीका रूपमा अघि बढ्नुभएको छ ।

    ‘हाम्रो सिर्जनशील किशोरी समूहमा ३० किशोरी छौँ, मजस्तै ३० किशोरी मिलेर आफ्ना समस्याबारे छलफल गर्छौँ, हामी गाउँमा सचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम गर्न थालेका छौँ’ मायाले भन्नुभयो– ’हामी किशोरीमा देखिने परिवर्तन, समाज विकासमा किशोरीको भूमिकाबारे पनि छलफल र काम गर्न थालेका छौँ । हाम्रो पहिलो प्राथमिकता बालविवाह रोक्ने हो । हामीले बालविवाह र छाउपडी प्रथा समुदायबाट हटाउने अभियान लिएका छौँ ।’

    जानकी–३ की रञ्जना चौधरी पनि प्रतिज्ञा किशोरी समूहमार्फत बालविवाह न्यूनीकरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहुनभएको छ ।
    ‘सुरुमा हामीले समूहमा बालविवाहको असर, यसले निम्त्याउने समस्याबारे छलफल ग¥यौँ, हाल हामी सबै बालविवाहका हानिबारे जानकारी दिन सक्ने भएका छौँ’ प्रतिज्ञाले भन्नुभयो– ‘अब हाम्रो समुदायमा बालविवाह हुन दिन्नौँ, हामीले हरेक विद्यालयमा गएर बालबालिका र टोलटोलमा अभिभावकलाई सचेत गराउन थालेका छौँ ।’

    जानकी–६ की सुमित्रा विश्वकर्मा किशोरी समूहमा बसेपछि समुदायमा परिवर्तन गर्न सफल भएको बताउनुहुन्छ । अहिले बालविवाह, छाउपडी प्रथा अन्त्य गर्न सरोकारवालासँग छलफल चलाउने गरेको सुमित्राले बताउनुभयो ।

    ‘पहिले म पनि छाउगोठमा बस्थेँ, मजस्तै मेरा साथी, अन्य महिला छाउगोठमा बसेको देखेकी छु’ सुमित्राले भन्नुभयो– ‘हाल म घरमै बस्छु, मेरो छिमेकमा भएका सबै गोठ भत्काइयो, सबैलाई सम्झायौँ, हाल सबैजना घरभित्रै सुरक्षित तबरले बस्न थाल्नुभएको छ ।’

    किशोरीहरूको क्षमता विकास, सशक्तीकरणका लागि दलित महिला अधिकार मञ्च र गाउँपालिकाले पनि सघाइरहेको छ । पालिकामा बालविवाह न्यूनीकरणमा किशोरीको भूमिका, किशोरी र जनप्रितिनिधिबिच अन्तक्र्रिया, किशोरी र अभिभावकबिच छलफल र आत्मरक्षा तालिमलगायतका कार्यक्रम भइरहेका छन् ।

    किशोरी सचेत भएपछि यस वर्ष पालिकामा किशोरीहरूले क्षमता विकासका लागि छुट्टै बजेटको माग गरेका छन् । उनीहरूले गाउँसभामार्फत किशोरीका लागि बजेटको व्यवस्था गर्न ज्ञापनपत्र बुझाए ।

    ‘पहिलो पटक किशोरीको समूह आएर बजेट माग्यो, किशोरी जागरुक भएको देखेर म असाध्यै खुशी भएँ’ गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भन्नुभयो– ‘किशोरी जागरुक हुनु भनेको समाज सचेत हुनु हो । हामीले चाहेकै परिवर्तन यही हो ।’ (रासस)

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.