मुकुन्द राज रोका
Advertisement
म न सानो न ठूलो बराबरको चित्र बनाउँदै छु।
उस्ले होचो मैले अग्लो नदेख्ने मित्र बनाउँदै छु।
बाहिर श्रृङ्गारिक सुन्दरताले ढाकेर के भो आकाश,
समानता वर्षिने बादल मैले भित्र बनाउँदै छु।
शोषणको गगनलाई भत्काउनको लागि भए नि,
मजदुर किसान मुक्तिको मैले चरित्र बनाउँदै छु।
अमृत भनेका होलान् बिष मिलाएर पिलाउनेहरू,
त्यसैले त पिउन लायक क्रान्ति पबित्र बनाउँदै छु।
अग्ला पहाड भत्काई गहिरा खाडल ती पुर्ने गरी,
समाजको स्वरुप खाका मैले बिचित्र बनाउँदै छु।