काठमाडों । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)मा गएका टोपबहादुर रायमाझीसहित चार नेताको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चले माओवादी केन्द्रको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताको सांसद पदमा पुनर्बहालीको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि प्रतिनिधि सभा सदस्य पदबाट हटाइएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौरधीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको छ ।
चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए ।
माओवादीमै भएको जिकिर गर्दै टोपबहादुरसहित चार एमाले नेता सर्वोच्चमा