• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतीय ज्यादतीविरुद्ध संघर्ष गर्न राजमोको अव्हान


  •   आइतबार, साउन १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट बारम्बार नेपाली नागरिकमाथि ज्यादती हुनेगरेको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन आव्हान गरेको छ । महाकाली नदीको तुइन काटेर एक नेपालीलाई बेपत्ता बनाएको प्रकरणप्रति गम्भीर आपत्ति प्रकट गर्दै राजमोले भारतीय थिचोमिचोविरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिएको हो ।

    Advertisement

    राजमो महासचिव मनोज भट्टले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी केही वर्षअघि कञ्चनपुरका गोविन्द गौतमको हत्याकै सृंखलाका रुपमा दार्चुलाका जयसिंह धामीलाई महाकालीमा बगाएर बेपत्ता बनाएको बताउनुभएको छ ।

    राजमोले भारतीय पक्षबाट नेपालीमाथि हुने अपराधजन्य कार्य रोक्न नेपाल सरकारले दृढतापूर्वक भारतसँग कुरा राख्न तथा घटनामा संलग्नलाई कडा कारबाहीको लागि पहल गर्नसमेत माग गरेको छ ।

    यसैगरी राजमो कैलाली जिल्ला समिति र दार्चुला जिल्ला इन्चार्ज तिलक परियारले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्नुभएको छ ।

    यस्तो छ महासचिव भट्टद्वारा जारी विज्ञप्ति
    २०७८ साल श्रावण १५ गते बिहान अन्दाजी ८ बजे दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ निवासी जयसिंह धामी नेपालतर्फ वर्षायाममा बाटोको अभावका कारण भारतको बाटो प्रयोग गर्दै वैदेशिक रोजगारीका लागि काठमाडौंतर्फ जान मालघाटस्थित महाकाली नदीमा तुइन तरेर भारत जाने क्रममा महाकाली नदीको बीचमा आइपुग्दा भारतको सीमा सुरक्षा बल एसएसबीले मान्छे तुइनबाट तर्दै छ भन्ने कुरा देख्दादेख्दै र ‘तुइन नकाट्नु मान्छे तर्दै छ’ भनेर स्थानीय ब्यक्तिहरुले चिच्याएर चेतावनी दिँदादिँदै पनि तुइन काटेका कारण जयसिंह धामी महाकाली नदीको तीव्र प्रवाहमा खसि बेपत्ता भएका छन् ।

    नेपाल तथा भारत तर्फका नागरिकहरुले यो क्षेत्रमा वर्षायाममा यही प्रकारले नियमित तथा जोखिमपूर्णरुपमा आवागमन गर्दै आएका हुनाले यस प्रकारको आवागन कुनै नौलो र अपराधजन्य पनि होइन । नदीमा मान्छे तुइन तरि रहेको देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अत्यन्तै अमानवीय तथा भत्र्सनापूर्ण कार्य हो । भारतको यस्तो अमानवीय कार्यको हाम्रो दलले घोर विरोध तथा भर्त्सना गर्दछ । बेपत्ता जयसिंह धामीको खोजतलास गर्न तथा तुइन काट्ने कार्यमा संलग्न भारतीय सीमा सुरक्षा बलका कर्मचारीलाई कडा भन्दा कडा कारवाहीका तथा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्न सरकारसँग माग गर्दछ ।

    नेपाल भारत सीमा क्षेत्रमा भारतले लगातार नेपालमाथि हेपाहा प्रवृत्ति तथा थिचोमिचोपूर्ण ब्यवहार गर्दै आएको छ । सीमा क्षेत्रका नेपाली जनतालाई भारतीय पक्षले अनावश्यक हैरान पार्ने कुटपीट गर्ने, यहाँसम्मकी हत्यासम्म गर्ने गरेका छन् । केही वर्षअघि कञ्चनपूरका गोविन्द गौतमको भारतीय पक्षबाट भएको हत्या यसको उदाहरण हो । यस्ता अपराधजन्य कार्यमा स्वयम् भारत सरकारको सुरक्षाफौज नै संलग्न हुने गरको छ ।

    हामी भारतीय पक्षबाट नेपालीमाथि हुने अपराधजन्य कार्य रोक्न नेपाल सरकारले दृढतापूर्वक भारतसँग कुरा राख्न तथा भारतको यस प्रकारका ज्यादतीपूर्ण कार्यका विरुद्ध लगातार संघर्ष गर्नुपर्ने कार्यमा जोड दिन्छौं ।

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.