कमल पौडेल, खलङ्गा ।
राष्ट्रिय जनमोर्चाले मल्लरानी गाउँपालिकामा साङ्गठनिक अभियान सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि २०७८ साउन १६ गते वडा नं. १, ३ र ४ का वडाको बैठकहरू सम्पन्न भएका छन् ।
राजमो मल्लरानी–१ मा रुमान केसीको अध्यक्षतामा बसेको सो बैठकले १ नं. वडालाई ११ वटा टोलमा विभाजन गरी सङ्गठन निर्माण, क्लास प्रशिक्षण, पर्चा वितरण गर्ने निर्णय गरेको छ ।
त्यसअन्तर्गत अर्बाङ गन्युखोला नार्मकोट टोलमा साउन २३ गते, सलिथुम टोलमा साउन २८ गते, लुक्का गैरा दारिमपाटामा साउन २९ गते, अल्काबाजमा साउन ३० गते, ठुलाचौर चुन्द्ररीखोलमाा साउन ३१ गते, टोड्के चदुली सिन्दुरे थाम भदौ ३ गते बैठक तथा भेला गर्ने ठेगान भएको छ । सो कार्यक्रम सफल बनाउन १ नं. वडाको राजमोको पूरै समिति र पाँच वटै जनप्रतिनिधिलगायतलाई जिम्मेवारी तोकिएको छ ।

वडा नं. ३ समितिको बैठक बोधीप्रसाद पोख्रेलको अध्यक्षतामा बैठक बसेको छ । बैठकले वडालाई चार वटा क्षेत्रमा विभाजन गरी साउन महिनाभित्रमा सबै टोलमा पुगी विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्यण गरिएको छ । जसअनुसार, चोरपानी टोलमा मेघराज आचार्य र बोधी पोख्रेल, निसान टाकुरा धरमपानी बन्चरेमा मोहन केसी र छमा श्रेष्ठ, बुकेनी मुन्डाडामा ओमबहादुर पुन र बोमबहादुर अधिकारी, बर्बोट जेमिन्डाडामा ऋषिराम पौडेल, दीर्घ राना, कुमारी विक, गिरिचौर रस्पुरकोटमा यमबहादुर पुन र बोमबहादुर पुनलाई जिम्मा तोकिएको छ ।

वडा नं. ४ मा पनि नारायण पान्डेको अध्यक्षतामा बैठक बसेको छ । राजमोको पूरै वडा समिति, सबै जनप्रतिनिधिसहितको पाँच वटा टिम बनाई यही साउन महिनाभित्रै सबै टोलमा पुगी टोल समिति गठन, पुनर्गठन, प्रशिक्षणलगायतका कार्य सम्पन गर्ने सो बैठकले निर्णय गरेको छ ।