• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

द्रुतमार्ग निर्धारित समयमै पूरा गर्छौ– सेना


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ ।

    Advertisement

    सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘मलाई जहाँसम्म लाग्छ विस २०८१ मङ्सिरसम्म सेनाले दू्रतमार्गको काम सम्पन्न गरेरै छाड्छ, त्योअनुसार प्लानिङ गरिएको छ ।’

    ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढ नजिक पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने उक्त दु्रत राजमार्गका लागत रु एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ । चार लेन र तीन वटा सुरुङसहितको उक्त मार्गको लम्बाई ७२.५ किमि रहेको छ । विशेष प्रकृतिका १६ सहित ८७ वटा पुल रहने दु्रतमार्गका लागि गत आर्थिक वर्षमा रु आठ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन भएकामा वार्षिक प्रगति ९७.३५ प्रतिशत रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो । आयोजनाको कूल कार्यप्रगति १६.१० प्रतिशत हासिल भएको छ ।

    हालसम्म आयोजनाको कूल वित्तीय खर्च रु २५ अर्ब ३९ करोड रहेको छ । आयोजनाको आवश्यकता अनुसार पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकामा चार हजार ७४५ रोपनी जग्गा प्राप्ति भएकामा ४२७ रोपनीको मुआब्जा वितरण गर्न बाँकी रहेको सो अवसरमा जानकारी दिइयो । खोकना बुगमती क्षेत्रमा भने हालसम्म स्थानीय विवाद सुल्झन नसके पनि अव निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको जानकारी दिइएको छ ।

    उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा रु आठ अर्ब ९३ करोड १० लाख बजेट विनियोजन भएको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा थप रु २५ अर्ब बजेट सरकारसँग माग गरिएको बताइएको छ । यसपछि वार्षिक रुपमा आयोजनाका लागि रु ५०/५० अर्ब बजेट आवश्यक पर्ने सेनाले जनाएको छ ।

    राष्ट्रिय गौरव र रणनीतिक महत्वको अयोजनाको काम पारदर्शी र गुणस्तरीय ढङ्गले निर्धारित समयसीमाभित्र अर्थात् आव २०८०/८१ सम्ममा सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको निर्देशक पोखरेलले बताउनुभयो ।(रासस)

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.