काठमाडौँ । मदन पुरस्कार गुठीले “मदन पुरस्कार–२०७७” का लागि विभिन्न नौ पुस्तकहरू छनौट गरेको छ । पुरस्कार सिफारिसका लागि गठन भएको समितिले गुठीलाई नौ पुस्तकको नाम उपलब्ध गराएको हो ।
Advertisement
सो प्रयोजनका निम्ति गुठीलाई कुल २२२ पुस्तक प्राप्त भएका गुठीले जनाएको छ । यी पुस्तकमध्येबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई नौ पुस्तकको नाम उपलब्ध गराएको थियो ।
गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीले जनाएको छ । छनौटमा परेका यी पुस्तकमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिने छ ।


