काठमाडौं । सरकारले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकीमा पृथ्वीबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
शेरचन माओवादीको सिफारिसमा र गुरुङ कांग्रेसको सिफरिसमा प्रदेश प्रमुख बन्नुभएको हो । माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख हुनुहुन्थ्यो ।
ओली सरकारले हटाएका उहाँलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्याउने गरि माओवादीले सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उहाँलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।
आजको मन्त्रिपरिषद् बैठकले तत्कालीन ओली सरकारबाट नियुक्तमध्ये प्रदेश २ बाट राजेश झा अहिराज, गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर गठबन्धनका दलबाट आएको सिफारिस अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्ण लिएको हो ।