• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नियत र नैतिकताको कारण देखाउँदै जनता–समाजवादी पार्टी विवादमा रेशम चौधरी तटस्थ


  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नियत र नैतिकताको कारण देखाउँदै जनता–समाजवादी पार्टी (जसपा) को विवादमा सांसद रेशम चौधरी तटस्थ बसेका छन् ।

    Advertisement

    जसपाको आन्तरिक विवादमा हस्ताक्षर सनाखत गराउन २०७८ साउन ११ गते निर्वाचन आयोग पुगेका चौधरी तटस्थ बसेका हुन् ।

    चौधरीले निर्वाचन आयोग पुगेर जसपाका दुबै पक्षका नेतासँग कुरा गरेर बाहिर निस्केपछि पत्रकारसँग आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिएका छन् । उनी निलम्बित प्रतिनिधि सभाका सांसद तथा जसपाका केन्द्रीय कार्यकारिणीका सदस्य हुन् ।

    ‘आज जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन’ उनले भनेका छन्– ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो र म जसपाको एउटा कार्यकर्ता हुँ ।’

    उनलाई जेलबाटै हस्ताक्षर सनाखत गराउने तयारी चलेको थियो । यत्सका लागि आयोगले जेलमा पत्रसमेत पठाएको थियो । तर चौधरीले नमानेपछि उनलाई जेलबाट कडा सुरक्षामाझ निर्वाचन आयोगको कार्यालय कान्तिपथ लगिएको थियो ।

    निर्वाचन आयोगमा ५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ३४ जना सदस्यले उपेन्द्र र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन् ।

    यसअघि दुबै पक्षले आफ्नो पक्षमा चौधरी रहेको बताउँदै आएका थिए । तर चौधरी तटस्थ बसेर सनाखत नगरी फर्किए । उनले आफू निर्दोष रहेको जिकिरसमेत गरे ।

    ‘निर्दोषीलाई थुन्न पाइँदैन, न्याय पाऊँ श्रीमान् न्याय’ उनले निवेदन गरे ।

    उनले आफू निष्ठाको राजनीति गर्नेसमेत दाबी गरे ।

    महन्थ ठाकुरलाई भीष्मपितामह दर्जा कायम गर्न सुझाव दिएका चौधरीले युद्वको नियमका कारण बाण हान्नुपरेको महाभारतको प्रसङ्गसमेत सुनाउन भ्याएका थिए ।

    जसपाको आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट (सनाखत) गराएको हो । ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले सनाखत गरिसकेकाले आजै निर्णय दिने तयारी गरेको आयोगले जनाएको छ ।

    सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.