• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अघि बढ्ला त बूढीगण्डकी आयोजना ?


  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • रमेश लम्साल, काठमाडौं ।
    लामो समयदेखि चर्चामा मात्रै सीमित भएको बूढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई गति दिन सरकारले सक्रियता देखाएको छ । राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको भनिए पनि आशातितरुपमा काम अगाडि नबढेपछि सरकारले त्यसलाई अगाडि बढाउने गरी आवश्यक पहल थालेको हो ।

    Advertisement

    कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको नै सात वर्ष पूरा भएको छ । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको डिपिआर तयार पारेको थियो ।

    काम शुरु गर्न ठिक्क भएको आयोजनाको निर्माणको ढाँचामा टुङ्गो लाग्न सकेको छैन । एक चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको भए पनि पछिल्लो समयमा सम्पर्क बाहिर रहेको छ । आयोजनाको निर्माण ढाँचा टुङ्गो नलाग्दासम्म प्रक्रिया अगाडि बढाउन जटिलता भने कायमै छ । स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने कि प्रतिस्पर्धामा कुनै विदेशी कम्पनीलाई दिने भन्ने विषयमा उच्च राजनीतिक निर्णय आवश्यक रहेको जानकारहरूको भनाइ छ ।

    यो सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज मन्त्रालयका सचिव र आयोजना प्रमुखलाई बोलाएर तत्काल आयोजनाको रोकिएको काम अगाडि बढाउन निर्देशन दिनुभयो ।

    सरकारी अधिकारी तथा सम्बद्ध पक्षसँगको छलफलमा मन्त्री भुसालले लामो समयदेखि आयोजनाको काम किन अगाडि बढ्न सकेन रु भन्ने जिज्ञासा राख्नुभएको थियो । स्थानीय आयोजना प्रभावितको माग सम्बोधन गर्न, उनीहरूलाई नियमानुसार खुशी बनाएर काम शुरु गरिहाल्नुपर्ने मन्त्री भुसालको भनाइ छ ।

    स्थानीयवासीले सुस्त गतिमा अगाडि बढेको पुनर्वास र घरगोठको मुआब्जाबारे पनि शीघ्र निर्णय गर्न निर्देशन दिनुभएको थियो । बूढीगण्डकी आयोजना सरोकार समितिले यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री भुसालसँग भेट गरी समस्या समााधान गरिदिन आग्रह गरेका थिए ।

    घर तथा जग्गाको मुआब्जा ह्रासकट्टी नगर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा नै उल्लेख गरिएको आयोजना प्रभावितको भनाइ छ । स्थानीयको मागअनुसार मन्त्री भुसालले ह्रासकट्टीबापतको रकम जनतामा जाने पैसा भएकाले नकाट्न आग्रह गर्नुभयो ।

    ‘आखिर जनता नै हुन्, उनीहरुले कर तिरेकै छन् । त्यही करबाट हामी चलेका छौँ । राज्य चलेको छ भने जनतलाई किन मर्का पार्ने’, मन्त्री भुसालको भनाइ थियो । नेपालको संविधानले सबै नागरिकलाई आवासको हक दिएकाले राज्यले आयोजना प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सहजीकरण गर्ने उहाँको भनाइ छ ।

    आयोजना निर्माणका भन्दै लागि भन्दै नेपाल आयल निगमले भन्सार बिन्दुमा नै पेट्रोलियम पदार्थमा प्रतिलिटर रु पाँच कर लाग्दै आएको छ । सो करबापत हालसम्म करीब रु ४५ अर्ब बराबरको रकम जुटिसकेको छ ।

    स्थानीयवासीले आयोजनाको नाममा आफूहरूलाई समस्यामा पारिएको भन्दै गुनासो गर्दै आएका छन् । गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य हरि अधिकारी नेतृत्वको स्थानीयवासीको प्रतिनिधिमण्डलले आयोजना शीघ्र कार्यान्वयनमा ल्याउन र सहजीकरण गर्न माग गरेको थियो । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन्नाथ खतिवडाले आयोजना निर्माण हुने भनिएकै लामो समय भए पनि काम शुरु नभएको भन्दै चिन्तामिश्रत गुनासो गर्नुभएको थियो ।

    आयोजना प्रभावितको पुनःस्थापना गर्ने गरी जलाशय वरिपरि चक्रपथ बनाउने योजना अगाडि सारिएको भए पनि हालसम्म कुनै काम शुरु हुन सकेको छैन । ‘पुनर्वास र घरगोठको मुआब्जाको काम तत्काल अघि बढाउनुस्’, मन्त्री भुसालले भन्नुभयो, ‘जनताले अपनत्व महसुस गर्ने गरी काम गर्नुपर्छ । त्यसतर्फ लाग्नुस् ।’

    सो क्रममा मन्त्री भुसालले सरकार आयोजनालाई अघि बढाउन गम्भीर रहेको र सोहीअनुसार पहल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । बूढीगण्डकी जलविद्युत् आयोजना पुनर्वास तथा पुनःस्थापना इकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजनाको स्थानीय काम अघि बढाउन आर्थिकरुपमा कुनै समस्या नरहेको जानकारी दिँदै हाल उत्पन्न कानूनी तथा प्राविधिक समस्या समाधानमा तीव्रता दिइने बताउनुभयो । फिल्डफुबमा विवरण भएका तर लालपुर्जा नभएका जग्गा, ह्रसकट्टी, भौतिक संरचना र घरगोठका विषयमा शीघ्र निर्णय गर्नुपर्ने भन्दै आज मन्त्री भुसालसँग सोही विषयमा छलफल भएको संयोजक कार्कीको भनाइ छ ।

    उहाँले मन्त्रीको निर्देशनअनुसार तत्काल यससम्बन्धी रोकिएका कागजातलाई प्रक्रियामा लैजाने उहाँको भनाइ छ । आयोजना प्रभावितमध्ये अन्यन्त्रको मुआब्जा वितरणको काम भइरहेको भए पनि धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको विवादका कारण अगाडि बढेको छैन । सरकारले तय गरेको मुआब्जामा स्थानीयवासीले चित्त बुझाएका छैनन् र पुनरावलोकनको माग गर्दै आएका छन् ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.