• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वनकरिया विद्यार्थी खोज्न शिक्षक घर घरमा (फिचर)


  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • अञ्जली थापा, मकवानपुर ।
    मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घर घरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् ।

    Advertisement

    सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट सुरु गर्ने भनेको थियो । पशुपतिनाथ माविमा २०७७ को वार्षिक परीक्षामा ५४४ विद्यार्थीले परीक्षा दिएका थिए । २०७८ असार महिनाभरि विद्यार्थी भर्ना गरी पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको विद्यालयले सोचेअनुरुप हुन नसकेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो ।

    एक महिनाको अवधिमा ५० विद्यार्थी मात्र सम्पर्कमा आएकाले आफूहरू चिन्तित भएर भर्ना अभियान लिएर गाउँमा गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– “अतिविपन्न र लोपोन्मुख जातिका बालबालिकालाई अध्ययन गराउने भएका कारण पनि घरदैलो अभियान चलाएका हौँ ।” खेतीपाती गर्ने मौसम भएकाले विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकलाई भेट्न खेतबारीमै पुग्ने गरेको उहाँको भनाइ छ ।

    कोरोना महामारीमा विद्यालय नपुगेसम्म अध्ययन/अध्यापन सम्भव छैन भन्ने परिभाषा अहिले फेरिएको उहाँको भनाइ छ । भर्चुअल माध्यमबाट पनि विद्यार्थीको औपचारिक अध्ययन सम्भव भएको उल्लेख गर्दै अधिकांश अभिभावकसँग स्मार्ट फोन भए पनि इन्टरनेटको अभावमा अध्ययन गराउन केही असहज हुन सक्ने बताउनुभयो । यद्यपि केही उपाय लगाएर अध्ययन/अध्यापन गराउन समयमा नै भर्ना गराउन आफूहरू लागिपरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

    घरमा खाने गाँस कटाएर पनि अभिभावकले स्मार्टफोन किन्नुपरेकोमा आफूलाई दुःख लागेको बताउँदै उहाँले विद्यार्थी सम्पर्कमा आएर पाठ्यपुस्तक लिएमा मात्र उनीहरूलाई वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलापमा जोड्न सकिने बताउनुभयो । घरदैलो अभियानमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार एक प्रतिशत विद्यार्थीको घरमा मात्र इन्टरनेट जोडिएको पाइएको प्रअ आचार्यले बताउनुभयो । भर्चुअल माध्यम सम्भव नभएको अवस्थामा अन्य विकल्प खोजी गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

    असार महिनाभर विद्यार्थी भर्ना अभियान चलाए पनि विद्यार्थी भर्ना हुन नआएपछि शिक्षकले घरदैलो अभियान सुरु गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “हाम्रो विद्यालयमा चेपाङ, वनकरियालगायत विपन्न समुदायका बालबालिका पढ्ने विद्यालय भएका कारण पनि हामी आफैँ उनीहरूलाई विद्यालय ल्याउने कार्यमा सजग छौँ ।”

    नेपाल टेलिकमले उपलब्ध गराएको कर्पोरेट युजर गु्रप (सियुजी) प्रविधि अपनाएर विद्यार्थीलाई नियमित सम्पर्क गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । परम्परागत कृषि पेसामा मात्र निर्भर रहेका मनहरि–४ मसिनेका अभिभावकले बालबालिकाको अध्ययनका लागि इन्टरनेट र कम्प्युटर तथा मोबाइल उपलब्ध गराउन सक्ने सम्भावना नदेखिएको अध्यक्ष गौतमले बताउनुभयो । सीमान्तकृत तथा लोपोन्मुख वनकरिया समुदायका १५ बालबालिका यो विद्यालयमा पढिरहेका छन् । बाइस घर वनकरिया परिवारमा १०० सदस्य रहेका छन् । इन्टरनेटको सुविधा यो समुदायमा पुग्न सकेको छैन ।

    अभिभावकका मोबाइल डाटाबाट बालबालिकाले कहिलेकाहीँ नेट भने चलाउने गरेको सन्तोषी वनकरियाले बताउनुभयो । उहाँका अनुसार अभिभावक खेत र मजदुरीमा जानुपर्ने कारण पनि बालबालिकालाई भर्चुअल कक्षामा बसाउन गाह्रो भइरहेको छ । विद्यालयले भर्ना र अध्यापन गराउन घरमा आएर आग्रह गरे पनि प्रविधिले साथ नदिएको उहाँको भनाइ छ । आफू १२ कक्षा पास गरिसकेकाले आफ्नो समाजका बालबालिकालाई पढ्न प्रेरित गरिरहनुभएकी उहाँले हालसम्म १५/२० वनकरियाले फेसबुक नै चलाउन थालिसकेको भए पनि सबै बालबालिकालाई भने नेटबाट पढाउन समस्या रहेको बताउनुभयो । भर्चुअल कक्षामा पढाइकै लागि डाटाबाट महङ्गो पर्ने भएकाले पनि सम्भव नभएको सन्तोषीको भनाइ छ ।

    त्यसैगरी कक्षा ९ मा अध्यनरत अनिल वनकरियाले आफूहरू गोठालो गएर समय व्यतित गरिरहेको बताउनुभयो । उहाँले मोबाइल डाटा चलाउने भए पनि पढ्न नै पुग्ने गरी मोबाइलमा पैसा हाल्न पनि समस्या नै हुने बताउनुभयो ।

    अभिभावक बुद्धिमान राईले आफ्ना बच्चा पढाउन मोबाइल डाटाबाट नसक्ने र इन्टरनेटको पहुँच नभएकाले पनि विद्यालयले भनेको जसरी बच्चा पढाउन नसकिने जानकारी विद्यालयलाई गराएको र विद्यालयले पनि अन्य उपाय अवलम्बन गर्ने आश्वासन दिएको उहाँको भनाइ छ ।

    एक दशकअघिसम्म वनकरिया बस्तीबाट विद्यालय जाने दुई जना मात्र थिए । अरू बालबालिका जङ्गलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे । अहिले भने बस्तीमा परिवर्तन देखिएको छ । वनकरिया समुदाय मात्र होइन, दनुवार राई, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका पनि पशुपतिनाथ माविमा अध्ययन गरिरहेका छन् । ती समुदायमा इन्टरनेटको पहुँच छैन । अनलाइन कक्षा चलाउन सम्भव नभएपछि विद्यालयले अर्को विकल्प खोजी गरिरहेको बताइएको छ ।

    पशुपतिनाथ माविको जस्तै अवस्था मकवानपुरका ग्रामीण क्षेत्रका विद्यालयले भोग्दै आएका छन् । भौतिक उपस्थिति, पुस्तक र कापीकलमबिना पनि विद्यालयबाट औपचारिक अध्ययन गर्न सकिने, वेबसाइटमा पाठ्य सामग्री खोजेर पढ्न सकिने र शिक्षक–शिक्षिकाले जुम र गुगलमिटमा पढाउने र इमेल, म्यासेन्जर, वाट्सप, भाइबरजस्ता माध्यमबाटै गृहकार्य दिन थालेका छन् । पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशका प्रायः शिक्षकलाई लामो छोटो अवधिको प्रविधिमैत्री तालिम प्रदान गरिएको वाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

     

    शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले २० प्रतिशतभन्दा कम शिक्षक मात्रै प्रविधिको प्रयोग गरी पढाउन सक्षम भएको बताउनुभयो । उहाँका अनुसार ग्रामीण भेगका कतिपय शिक्षक नै इन्टरनेटको पहुँचमा रहेका छैनन् । सबै शिक्षक प्रविधि चलाउन नजान्ने भएका कारण पनि समस्या भएको उहाँको भनाइ छ ।

    सरकारले २०७७ चैत ११ गतेदेखि गरेको पहिलो चरणको बन्दाबन्दीका कारण शैक्षिक संस्था बन्द भएपछि शिक्षकले विद्यार्थीसँग सम्पर्कमा रहिरहने उपायको खोजी गरिरहेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थीलाई अनलाइन कक्षा अध्ययनका लागि सहजीकरण गरिरहेको छ । (रासस)

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.