चौतारा । सिन्धुपाल्चोकमा बाँदरले बालिनाली सखाप पारेपछि त्यहाँको एउटा गाउँपालिकाले “बाँदर धपाऔँ, बालिनाली बचाऔँ” अभियान सञ्चालन र्गे भएको छ ।
Advertisement
बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले “बाँदर धपाऔँ, बालिनाली बचाऔँ” अभियान सुरु गर्न थालेको छ ।
सो अभियानका लागि हरेक घरधुरीबाट एक जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।
वडा कार्यलयले साउन ५ गते एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रूपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान सुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो ।
बाँदर नियन्त्रणका लागि एक पटक अभ्यास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।